Close This

हरिवन नगरपालिकामा माओवादी केन्द्र र एमालेको कडा प्रतिस्पर्धा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-२-५ गते   २०३८ पटक हेरिएको

 सर्लाहीको हरिवन नगरपालिकाको नगर प्रमुख पदमा नेकपा(माओवादी केन्द्र) र नेकपा(एमाले)का उम्मेदवारहरुको प्रतिस्पर्धा तिब्र देखिएको छ। माओवादी केन्द्रका रमेश बुढाथोकी(कमल) र एमालेबाट पुनः नगर प्रमुख पद दोहो¥याउन उम्मेदवारी दिएका गणेश प्रसाद प्रसाईले  आलोपालो अग्रता कायम राखेका छन् ।
उनीहरूबीच पछिल्लो समयमा करिब सय मतले अघिपछिको प्रतिस्पर्धा चलेको छ। यो समाचार तयार पार्दासम्म माओवादी केन्द्रका उम्मेदवार बुढाथोकी ८९ मातले प्रसाई भन्दा अगाडी देखिएका छन् ।  माओवादी केन्द्रका उम्मेदवार बुढाथोकीको ६ हजार ६ सय ७४ मत ल्याएका छन् भने एमालेको प्रसाईले ६ हजार ५ सय ८५ मत प्राप्त गरेका छन् ।
११ वटा वडा रहेको हरिवन नगरपालिकाको वडा नम्बर ११ को मतगणनामा २ हजार ६ सय ४० सम्मको मत गणना अनुसार बुढाथोकी ८९ मतले अगाडी रहेका छन् ।
हरिवन नगरपालिका १ देखि १० सम्मको मत गणना सम्पन्न भएर वडा नम्बर ११ को २ हजार ६ सय ४० मतगणना गर्दा माओवादी केन्द्रका बुढाथोकीले ८९ मतले अग्रता लिएका माओवादी केन्द्र हरिवन नगर कमिटि सचिव गौरी महतोले जानकारी दिनु भयो । अहिले सम्म कुनैपनि वडामा जित निकाल्न नसकेको माओवादी केन्द्रको हरिवन नगरपालिका ११ को मतगणना जारी रहँदा वडा अध्यक्ष तर्फ नेकपा(एमाले)का वडा अध्यक्ष पदका उम्मेदवार एवम निवर्तमान वडा अध्यक्ष शेख मेहबुब रेजाले ८ सय ७६,राष्ट्रिय प्रजातन्त्र पार्टीका वडा अध्यक्ष पदका उम्मेदवार  कृष्णजंग थापाले ५ सय ६५,नेपाली कांग्रेसका वडा अध्यक्ष पदका उम्मेदवार विनोद कार्कीले ५ सय २४ र नेकपा(माओवादी केन्द्र)का वडा अध्यक्ष पदका उम्मेदवार शेख ईस्तिहारले ५ सय ५ मत प्राप्त गरेका छन् ।हरिवन नगरपालिकामा अहिले वडा नम्बर ११ को मत गणना जारी रहेको छ ।
हरिवन नगरपालिकामा नेपाली कांग्रेसले ४ वटा वडा र एमालेले ३ वटा वडा जितेको छ । भने नेकपा(एकीकृत समाजवादी)ले २ वटा वडा जितेको छ । २०७४ सालको स्थानिय निकायको निर्वाचनमा हरिवनमा एमालेले ८ वटा, कांग्रेस, नेकपा माओवादी केन्द्र र स्वतन्त्रले एक÷एक वटा वडा जितेका थिए । हरिवन नगरपालिका ११ मा अब करिब ८ सय मत गणना गर्न बाँकी रहेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech