मन्त्री सिंहको मन्त्री पद खुस्कीए लगतै स्वकीय सचिव त्रिपाठीले मागे पीडित पत्रकारसंग माफी

200 Shares

सर्लाहीको गोडैताबाट सञ्चालित एक सञ्चार गृहका सञ्चालकलाई धम्की दिने निवर्तमान स्वास्थ्य तथा जनसंख्या मन्त्री विरेन्द्र प्रसाद सिंहका स्वकीय सचिव निकेश त्रिपाठीले माफी मागेका छन्।विगत करिब तीन महिना पहिला नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंहको विषयमा समाचार लेखेको भन्दै स्थानीय भाषामा“तु न्युन लिख्ने छि,जथाभावि,आधिकारीक विना बुझ्लै,कहाँ पत्रकारीता पढ्ली?सिधैँ दुनु टाँङ काट्देवो,चिनेछी छि की न चिनैछी,पत्रकारीता सिकावैछी”भन्दै फोन मार्फत धम्कीपुर्ण अभिव्यक्ति दिएका मन्त्री सिंहका स्वकीय सचिव त्रिपाठीले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा आफैँ उपस्थित भएर माफी मागेका पाइएको छ ।
“निवर्तमान स्वास्थ्य तथा जनसंख्या मन्त्री सिंहका स्वकीय सचिव त्रिपाठीले गल्ति भएको स्वीकार्य गरेपछि दुबैजना बीच आपसी समझदारी भएको”पाइएको हो ।“नेपाली काँग्रेस सर्लाहीका सभापती सुरेन्द्र प्रसाद सिंह भ्रष्टाचारको मुद्दामा दोषी ठहर”शिर्षक सामाचार प्रकाशन प्रसारण भएपछि सोही विषयलाई लिएर सभापति सिंहका भाई मधेश प्रदेश सरकारका तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्री सिंहका स्वकीय सचिव त्रिपाठीले मन्त्री सिंहको स्वकीय सचिवको आडमा फाुगना १६ गते गोडैता बजारबाट प्रशारण हुदै आएको रेडियो धड्कनका संचालक शिव कुमार महतोलाई फोन गरेर अपशब्दहरु प्रयोग गर्दैै अंगभंग गरिदिने सम्मको धम्की दिएका थिए ।
सो घटना पछि मन्त्री सिंहका स्वकीय सचिव त्रिपाठीको चौतर्फी आलोचना भएको थियो भने पीडित पत्रकारले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा उजुरी दिएका थिए।करिब तीन महिना पछि शुक्रबार(हिजो)निवर्तमान मन्त्री सिंहका स्वकीय सचिव त्रिपाठी जिल्ला प्रहरी कार्यालय सर्लाहीमा उपस्थित भएर पीडित पत्रकारसंग गल्ती भएको भन्दै माफी मागि आत्मआलोचना गर्दै अब उप्रान्त यस्तो कार्य नहुने प्रतिबद्धता जनाएपछि दुबै पक्षबीच समझदारी भएको पाइएको छ ।
“निवर्तमान मन्त्री सिंहका स्वकिय सचिव त्रिपाठीले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा आफुले गल्ती गरेको भन्दै आत्मालोचना गर्दै आगामी दिनहरूमा यस्ता गल्ती नहुने विश्वास दिलाएपछि दुर्वपक्ष विच मिलापत्र भएको” सो कार्यमा सहभागी भएका एक सञ्चारकर्मीले बताए ।निवर्तमान मन्त्री सिंहका स्वकीय सचिव त्रिपाठीले आफुले गरेको गल्तीको पश्चाताप गरेको र घटना पश्चताप फोन गरी सभ्य तरिकाले कुराकानी गर्दै मिलापत्रका लागि आग्रह गरेपछी मिलापत्र गरेको पीडित पत्रकार महतोले बताए । 
“गल्ती गरेका व्यक्तिलाई सुध्रन एक मौका दिनुपर्छ भन्ने मान्यता सहित मिलापत्रका लागि आफु सहमत भएको पीडित पत्रकारले बताए।तत्कालीन मन्त्री सिंहका स्वकीय सचिव त्रिपाठीलाई मन्त्रीको स्वकीय सचिव भएका कारण कार्बाही गर्नपनि प्रहरीले सक्रियता नदेखाएको ”पीडित पत्रकारको भनाई छ ।
 यता,निवर्तमान मन्त्री सिंहका स्वकीय सचिव त्रिपाठीले आफुलाई छलफलका लागि बोलाएको तर कुनै किसिमको माफी नमागेको कमलामाई मिडिया प्रा.लिलाई बताए।उनले सबै पत्रकारहरुलाई सम्मान गर्ने बताउँदै आफुले त्यस प्रकारको कुनै माफी नमागेको र आफुलाई गुनासो सुन्नका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बोलाइएको र दुवै पक्षविच अबदेखि यस प्रकारका कमिकमजोरीहरु नदोहोर्याउने र सम्बन्ध सुधार गरेर जाने विषयमा कुरा भई हात मिलाएको बताए ।मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री सिंहको मन्त्री पद खुस्कीएपछि अतालिएका स्वकीय सचिव त्रिपाठीले जिल्ला प्रहरी कार्यालय सर्लाहीले मुद्धा चलाउने भएपछि आफैँ उपस्थित भएर माफी मागेका पाइएको छ ।

सम्बन्धित समाचार