मधेश प्रदेश सरकारले रविदास जयन्ती (माघ पूर्णिमा) को अवसरमा आईतबार प्रदेश भर सार्वजनिक बिदा दिएको छ।मधेश प्रदेश सरकार मन्त्रिपरिषद्को शुक्रवारको निर्णय अनुसार मधेश प्रदेश लगायत देशभरका दलित तथा सीमान्तकृत समुदायले विशेष श्रद्धा र भक्तिका साथ मनाउने रविदास जयन्तीको अवसरमा सम्मानस्वरूप आईतबार सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह,सञ्चार तथा कानुन मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार आइतबार मधेश प्रदेशभर सार्वजनिक बिदा रहने छ।आईतबार प्रदेश भित्रका सरकारी कार्यालय,सार्वजनिक निकाय र शैक्षिक संस्था लगायतमा बिदा लागू हुने मन्त्रालयले स्पष्ट पारेको छ।प्रदेश सरकारले दलित तथा सीमान्तकृत समुदायको धार्मिक, सांस्कृतिक तथा सामाजिक पहिचानको सम्मान गर्दै यो निर्णय गरेको मन्त्रालय स्रोतले जनाएको छ।