मंसिर १८ र १९ गते बलरामा जिल्ला स्तरीय विज्ञान प्रदर्शनी हुने

281 Shares

सर्लाहीको बलरा नगपालिकामा सर्लाही जिल्ला मै पहिलो पटक जिल्ला स्तरीय विज्ञान प्रदर्शनी मेला आयोजना हुने भएको छ।विद्यार्थीहरुको रचनात्मकता,वैज्ञानिक सोच र नवीनतम आविष्कारहरुको विकास र विस्तार गर्ने उद्देश्यले दुुई दिने आधारभूत तथा माध्यमिक तहको सर्लाही जिल्ला स्तरीय विज्ञान प्रदर्शनी मेलाको आयोजना गर्न लागिएको बलरा नगरपालिकाका नगर प्रमुख रामाशंकर प्रसाद कुशवाहाले जानकारी दिए ।
उनका अनुसार बलरा नगरपालिकाको आयोजना तथा युनेस्कोको निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालय सिंहदरबार,काठमाडौंसँगको सहकार्यमा यही मंसिर १८ र १९ गते जिल्ला स्तरीय विज्ञान प्रदर्शनी मेला आयोजना गर्न लागिएको हो।मेलाका लागि प्रदर्शनीमा विज्ञान तथा आविष्कारका स्टल राख्नका लागि शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीले जिल्लाभरबाट विद्यालय छनौट गरिसकेको शिक्षा विकास तथा समन्वय ईकाई सर्लाहीका प्राविधिक सुनिल कुशवाहाले जानकारी दिए । 
उनका अनुसार बलरा नगरपालिका ८ स्थित जनता नमूना माध्यमिक विद्यालय गडहीया डुमरियामा मंसिर १८ र १९ गते हुने  विज्ञान प्रदर्शनी मेलामा स्टल राख्नका लागि ३४ वटा विद्यालय छनौटमा परेका छन् ।छनोट भएका प्रतेक विद्यालयले एक/एक वटा स्टल राख्ने गरी ३४ वटा स्टल तयार भएको र प्रदर्शनीको मङ्सिर १८ गते संघीय सरकारकी शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले उद्घाटन गर्ने बलरा नगरपालिकाको शिक्षा शाखाका पवन कुशवाहाले जानकारी दिए ।

सम्बन्धित समाचार