पशुपन्छी स्वास्थ्य शिविर संचालन गर्दै फिक्कल

167 Shares

सिन्धुलीको फिक्कल गाउँपालिकामा पशुपन्छी स्वास्थ्य शिविर संचालन हुने भएको छ । आर्थिक वर्ष २०८२÷२०८३ को साझेदारीमा कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता विकास कार्यक्रम अन्तर्गत शिविर संचालन गर्न लागिएको फिक्कल गाउँपालिकाले जनाएको छ ।गाउँपालिकाका अनुसार फिक्कल गाउँपालिकाले एक सूचना जारी गर्दै पालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग र सामुहिक सरोकार समाज सिन्धुली नेपालको संयुक्त आयोजनामा शिविर संचालन गर्न लागिएको हो । 
शिविरमा बहर,बोका,थुमा बन्ध्याकरण,गोबर परीक्षण,बाँझोपन निवारण सेवा,पाठेघर जाँच र पशुपालन सम्बन्धी परामर्श प्रदान गरिने छ।साथै,आन्तरिक तथा वाह्य परजीवी विरुद्ध औषधी वितरण गरिने छ भने कुकुरलाई रेविज विरुद्धको खोप पनि लगाईने छ ।शिविर आउँदो माघ २० गते फिक्कल गाउँपालिका १ को ढोडेनी सिमल भञ्ज्याङमा,२१ गते वडा नम्बर ३ को झगरे खुरहरी मनापु भञ्ज्याङमा,२२ गते वडा नम्बर २ को पौँती पोखरी चण्डीभञ्ज्याङमा संचालन हुने छ । साथै,माघ २३ गते वडा नम्बर ४ को नागदह ठुलीवन गाईखुरे चौतारामा,२४ गते वडा नम्बर ५ को ठुलढुङ्गा जाङजाङ सोल्पाठानामा र २५ गत वडा नम्बर ६ को देउकीडाँडा दारेगौँडा भिरगाउँमा संचालन हुने सूचनामा उल्लेख गरिएको छ । 

सम्बन्धित समाचार