लालबन्दी १६ मा विभिन्न पार्टी परित्याग गरि ५५ जना माओवादी केन्द्रमा प्रवेश

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१२-१६ गते   १४४१ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका १६ परवानीपुरमा विभिन्न पार्टी परित्याग गरि करिब ६ जना नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । नेकपा(माओवादी केन्द्र) लालबन्दी १६ को वडा कमिटीको विस्तारित बैठकमा एमाले, काङ्ग्रेस लगायत विभिन्न पार्टी परित्याग गरि ५५  जना माओवादी केन्द्रमा प्रवेश गरेका वडा कमिटीका अध्यक्ष तिलक घलानले जानकारी दिनु भयो । 
माओवादी केन्द्र वडा कमिटिका अध्यक्षता तिलक घलानको अध्यक्षतामा भएको विस्तारित वैठकमा लालबन्दी नगर कमिटिका अध्यक्ष लेखराम जर्घा(अर्जुन) को प्रमुख आतिथ्यता रहेको प्रेस सेन्टर नेपाल सर्लाहीका उपा अध्यक्ष राजेश थापाले जानकारी दिनु भयो । उहाँका अनुसार कार्यात्रममा ज्ञानु कार्की, नगरका उपाध्यक्ष गणेश थापा, नगर सचिब राजन कुमार श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।
पार्टीको संगठन, पार्टीको निति, आउदै गरेको स्थानिय निकायको निर्वाचनमा पार्टीका कार्यकर्ताहरुको भुमिका लगायतका बारेमा छलफल भएको माओवादी केन्द्र नगर कमिटिका सचिव राजन कुमार श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार नव प्रवेशी नेता तथा कार्यकर्ताहरुलाई कामको आधारमा उचित मुल्यांकन गरि उचित पदिय हैसियत दिइने छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech