सर्लाहीका सामुदायिक विद्यालयहरुमा विद्यार्थी भर्ना अभियान र पठनपाठन एकैसाथ

344 Shares

११ वटा नगरपालिका र नौ वटा गाउँपालिका गरी २० वटा पालिका रहेको सर्लाहीका सामुदायिक विद्यालयहरुले घरदैलो गरेर विद्यार्थी भर्ना अभियान चलाउने र भर्ना भइसकेका विद्यार्थीलाई पठनपाठन गराउने कार्य एकैसाथ अघि बढाएका छन् ।एक महिनासम्म चलेको शिक्षक आन्दोलन रोकिएसँगै संचालनमा आएका सामुदायिक विद्यालयहरुले विद्यार्थी भर्ना अभियान र पठनपाठन सँगसँगै अघि बढाएका हुन।शिक्षक, कर्मचारी,जनप्रतिनिधि,व्यवस्थापन समितिका पदाधिकारी र विद्यार्थी आफै पनि भर्ना अभियानबारे जानकारी दिन विभिन्न बस्तीमा पुगिरहेका लालबन्दी नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।

WhatsApp Image 2025-05-07 at 10.13.25 PM.jpeg
विद्यालय आउने उमेर समुहका बालबालिकालाई विद्यालय भर्ना गराउन आग्रह गर्दै घरदैलोमै पुगिरहेका छन् भने सामुदायिक विद्यालयलाई घरदैलो,विद्यार्थी भर्ना र पुस्तक वितरणको चटारो पनि उतिकै  रहेको इश्वरपुर नगरपालिकाको शिक्षा शाखाले जनाएको छ।एक महिनासम्म आन्दोलनमा होमिएका शिक्षक अहिले भर्ना अभियान र पठनपाठनमा व्यस्त रहेका छन् । सामुदायिक विद्यालयहरुले विशेष गरी पिछडिएको दलित र विपन्न बस्तीलाई प्राथमिकतामा राखेर घरदैलो गरिरहेका छन्।विद्यार्थी भर्ना अभियानमा विभिन्न गैर सरकारी तथा शिक्षासँग जोडिएर काम गर्ने संघ÷संस्थाहरुले समेत सहयोग गरेका छन् ।
पूर्व पश्चिम राजमार्ग क्षेत्रका ईश्वरपुर, लालबन्दी,हरिवन र बागमतीका केही सामुदायिक विद्यालयमा विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा नै लिने गरिएको छ।उत्तरी भेगका प्रशिद्ध विद्यालयमा दक्षिणी भेगबाट ठूलो संख्यामा विद्यार्थी आएर भर्ना हुने गरेका छन्।सर्लाहीमा करिब पाँच सय सामुदायिक विद्यालयहरु रहेका छन् भने संस्थागत विद्यालयहरुले यस अघिदेखि नै पठ्न पाठन गराई रहेका छन् ।

सम्बन्धित समाचार