Close This

प्र.नि काफ्ले र असई यादवको सहयोगमा पथलवाघाटबाट व्यापक तस्करी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-५-४ गते   १४०५ पटक हेरिएको

बाराको इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक देवराज काफ्ले र असई विरेन्द्र यादवको मिलेमतोमा पथलवाघाटबाट व्यापक तस्करी हुने गरेको रहस्य बाहिरिएको छ । उनिहरुको मिलिमतोमा कपडा लगायत अन्य सामान गाई र भैसीको ठूलो तस्करी हुने गरेको रहस्य बाहिरिएको हो ।
ठूलो रकमको लेनदेन गरेर तस्करीको सेटिङ मिलाउने प्रहरी निरिक्षक काफ्ले र असई यादवले सो नाकाबाट कपडा देखि अन्य सामान,गाई भैसीको तस्करीको बढेको स्थानियले बताएका छन् । उनिहरुले ठूलो रकम लिएर भारत अकर्वा घर भएका नवल यादव र जुमानुलाई तस्करीको लाईन दिने गरेका हुन । नेपालमा प्रमोद यादवले नवल यादव र जुमानुलाई तस्करीको वातावरण मिलाउने काम गरेका छन् ।
 असइ यादवले  तस्करीको सबै सेटिङ मिलाएर उठेको रकम इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक काफ्ले र असई यादवललाई दिने गरेका हुन । यसका अलावा यो नाकाबाट औषधीको र लागूऔषधको अबैध कारोवार हुने गरेको स्थानियले बताएका छन् ।
औषधी भनेर अन्य सामानको तस्करी हुने र त्यस्ता सामान असइ यादवले  व्यारेकमा जम्मा गरे पछि जसको सामान हो उसैलाई रकम लिएर दिने गरेको समेत खुलेको छ। पहिले पक्राउ गरे जस्तो गरेर समाउने अनि पछि रकम लिएर सम्बन्धित व्यक्तिलाई दिने गरेको स्थानीयले बताए । त्यस्ता कार्टुन भित्र के कस्ता तस्करीको सामान छन् भन्ने कुरा कि त ल्याउने तस्करहरुलाई कि त प्रहरी निरिक्षक काफ्ले र असई यादवलाई मात्र थाहा हुने गरेको छ। स्रोतका अनुसार प्रकाश सहनीलाई राँगा,भैँसीको तस्करी गर्न लाइन खुल्ला गरिएको छ भने नुनु नामका व्यक्तिलाई खसी ल्याउन अनुमति दिइएको छ । त्यस्तै छोटेलाल पटेल,दीपक यादव,रविन्द्र साह,भोला यादव,बच्चा यादव,प्रभु यादवलाई कपडाको लाइन खुल्ला गरिएको छ । 
असई यादवलाई तत्कालिन प्रहरी उपरिक्षक मिरा चौधरी जिल्ला प्रहरी कार्यालय बारामा प्रहरी उपरिक्षक हुदा आर्थिक कारोवार गर्ने घुमुवाको रूपमा ज्यादै बदनाम भए पछि प्रहरी मुख्यालयले पूर्व क्षेत्र अर्थात हालको एक नम्बर प्रदेश सरूवा गरेको थियो । अहिले फेरि असई भए पछि बारामा आए लगत्तै उनी तस्करीको अखडा पथलवाघाट गएपछि फेरि तस्करीको लाइन चलाउनु सुरु भएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech