आगामि मंसिर २८ गते हुने नेपाल पत्रकार महासंघको महाधिवेशनको माहोल जताततै ताति रहेको अवस्थामा नेपाल पत्रकार महासंघ जिल्ला शाखा बारामा नयाँ नेतृत्व सर्वसम्मत बनाउन सक्त पक्ष र प्रतिपक्ष संगठन विच सहकार्य हुने भएको छ ।नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशनबाट जिल्ला शाखा बाराको नयाँ नेतृत्व सर्वसम्मत बनाउन नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियन र नेकपा(माओवादी केन्द्र)निकट प्रेस सेन्टर नेपाल बिच सहमति भएको प्रेस सेन्टर नेपाल बाराका संयोजक रन्जन यादवले जानकारी दिए ।उनका अनुसार युनियन बाराका सभापति श्यामबाबु यादवसंग नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाराको नयाँ नेतृत्व सर्वसम्मत बनाउन तीन बुदे सहमति पत्रमा हस्ताक्षर भएको छ ।
कांग्रेस निकट युनियन र नेकपा(एमाले) निकट प्रेस चौतारी नेपालबिच केन्द्रदेखि नै सहकार्य गर्ने सहमति भएपनि प्रेस सेन्टर बाराका संयोजक यादवले जिल्लामा सक्रिय संगठनहरुलाई समेत समेटेर सर्वसम्मत नयाँ समिति बनाउने उदेश्यले प्रेस युनियनसँग सहमति गरेको हो ।युनियन र सेन्टर बिच भएको सहमति पत्रमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाराको नयाँ कार्यसमिति सर्वसम्मत बनाउन पहल गर्ने,प्रेस युनियन बाराको नेतृत्वमा सहकार्यमा रहेका संगठनहरुको सम्मानजनक रुपमा पदाधिकारी र सदस्य पदमा बाडफाँड गर्ने लगायत उल्लेख गरिएको नेपाल प्रेस युनियन बाराका सभापति श्यामबाबु यादवलेबताए ।
सक्ता साझेदार कांग्रेस र एमाले निकटका प्रेस युनियन र प्रेस चौतारीले केन्द्र देखि अन्यन्त्र पनि गठबन्धन गरि रहेका भएपनि बारामा भने प्रतिपक्षमा रहेको माओवादी केन्द्र निकट प्रेस सेन्टर र सक्तासिन दल कांग्रेस निकट प्रेस युनियन विच सहकार्य गर्ने हस्ताक्षर भएको छ ।