स्कुल बस नालामा खस्दा तीन जना विद्यार्थी घाईते,सबैको अवस्था सामान्य

372 Shares

सर्लाही पर्सा गाउँपालिका ४ स्थित भित्री सडक खण्डमा स्कुल बस दुर्घटना हुँदा तीन जना विद्यार्थी घाईते भएका छन्।पर्सा गाउँपालिका ४ स्थित सञ्चालित मनकामना एकेडमी बोर्डिङ स्कूलको मधेश प्रदेश ०३–००१ क २६१९ नम्बरको स्कुल बस कबिलासीबाट नारायणपुर तर्फ विद्यार्थीहरुलाई घर पुर्याउन जाने क्रममा शुक्रबार साँझ करिब छ बजे दुर्घटना हुँदा तीन जना विद्यार्थीहरु घाईते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार मधेश प्रदेश ०३–००१ क २६१९ नम्बरको स्कुल बस दाहिने साईडमा कुलोमा चक्का भासिदा बसमा सवार पर्सा गाउँपालिका ३ का अन्दाजी वर्ष ९ का आदित्य कुमार साह,सोही ठाउँका अन्दाजी वर्ष ५ का दक्ष साह र सोही ठाउँका अन्दाजी वर्ष ६ का कौनेन अंसारी घाईते भएका छन् ।
उनीहरुको हात तथा टाउकोमा चोट लागेको र अवस्था सामान्य रहेको साथै स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको प्रहरीले जनाएको छ।स्कुल बसका चालक ईश्वरपुर नगरपालिका १४ का अन्दाजी वर्ष २१ का नवल कुमार महतो प्रहरी चौकी नारायणपुरको नियन्त्रणमा रहेका छन् भन स्कुल बस घट्नास्थलबाट प्रहरी चौकी लैजाने पहल भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक श्रेष्ठले बताए ।

सम्बन्धित समाचार