सिन्धुलीको सुनकोशी गाउँपालिका १ दुम्जाबाट प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने सवारी धनी पक्राउ परेका छन् ।

सुनकोशी गाउँपालिका १ दुम्जा स्थित चेकप्वाईन्टबाट बनेपातर्फ गईरहेको प्रदेश ३–०१–००६ ख ००६६ नं.को यात्री बाहक बस मापदण्ड विपरित चलेकोले डियूटीमा खटिएका प्रहरीले उक्त बस रोकी चेकजाँच गर्ने क्रममा प्रहरी कार्माचारीहरुलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने बसका धनीलाई प्रहरीले पक्राउ गरेको ईलाका प्रहरी कार्यालय खुर्काेटका प्रहरी प्रमुख प्रहरी निरिक्षक अनिलराज गिरीले जानकारी दिनुभयो ।
वि.पि.राजमार्गमा चलाउन पाईदैन भन्दै गर्दा बसका धनीले प्रहरीलाई आर्थिक प्रलोभनमा पारी रु.५ सय दिन खोजेका थिए । उक्त बसका धनीलाई पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय खुर्काेटले जनाएको छ ।