सुनसरीको धरान उपमहा नगरपालिकाका नगर प्रमुख हर्क साम्पाङले कार्यवाहक नगर प्रमुख दिएका वडा अध्यक्षलाई तत्कालीन अवस्थामा काम नगर्न अदालतले आदेश दिएको छ।नगर प्रमुख साम्पाङ बेलायत भ्रमणमा गएपछि धरान उपमहा नगरपालिका ११ का वडाध्यक्ष लोकेन्द्र कुमार फागुलाई उनले कार्यवाहकको जिम्मेवारी तोकेका थिए ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १६ को उपदफा ४ को (क) को १२ र सोही दफाको (ख)को २ मा भएको व्यावस्थामा अध्यक्ष वा प्रमुखले कुनै काम विशेषले आफु सात दिन भन्दा बढी कार्यालयमा अनुउपस्थित हुने भएमा उपा अध्यक्ष वा उप प्रमुखलाई कार्यभार दिने र यदी उपा अध्यक्ष वा उप प्रमुख पनि अनुपस्थित भएमा कुनै सदस्यलाई कार्यभार दिने भन्ने कानुनी व्यवस्था रहेको भएपनि नगर प्रमुख साम्पाङले वडा अध्यक्ष फागुलाई आफुखसी कार्यवाहक दिएपछि विधि विधान विपरीत वडाध्यक्षलाई कार्यवाहक जिम्मेवारी दिइएको भन्दै नगर उप प्रमुख आइन्द्र विक्रम बेघाले उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए।उच्च अदालत विराटनगरका न्यायधीश ध्रुवराज नन्दको इजलासले कार्यवाहक नगर प्रमुखको जिम्मेवारी कार्यान्वयनमा नगर्न आदेश दिएको हो ।
“कार्य विभाजन नियमावली, २०७४ को अनुसूची ४ मा काम,कर्तव्य र अधिकार सम्बन्धमा भएको व्यवस्था एवम सुविधा सन्तुलनको दृष्टिकोणबाट समेत उल्लेखित अन्तरिम आदेश सम्बन्धी छलफल पेसीका दिनसम्मको लागि धरान उपमहा नगरपालिका नगर कार्य पालिकाको कार्यालयबाट लेखिएको च नं २३२८ मिति २०८१ असोज २३ को पत्र कार्यान्वयन नगरी यथास्थितिमा राख्नु”भन्ने अदालतको आदेशमा उल्लेख छ।उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी भएको अदालतले जनाएको छ।साथै विपक्षीलाई उच्च अदालत विटरनगरले कारण देखाउँ आदेश जारी गरेको छ ।मंगलबार विपक्षीलाई अदालतमा कारण सहित उपस्थित हुन भनिएको छ ।
यता,धरान उपमहा नगरपालिकाका नगर प्रमुख साम्पाङले आफुलाई खुसुक्क पत्र बुझाएका तर आफु व्यस्त भएकाले पत्र नहेरेको वडा अध्यक्ष फागुले बताए।उनले आफु व्यस्त रहेकाले पत्र हेर्न पाईन पछिसामाजिक सञ्जालहरुबाट प्रतिक्रियाहरुआएपछि पत्र हेर्दा आफुलाई कार्यवाहक नगर प्रमुख दिएको थाहा पाएँ उनले बताए ।नगर प्रमुख साम्पाङले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को व्यावस्था विपरित आफुलाई कार्यवाहक दिएका र आफु अदालतको आदेश अनुसार आफ्नो काम कर्तव्य र अधिकार प्रयोग गर्न तयार रहेको समेत वडा अध्यक्ष फागुले बताए ।