सर्लाही र रौतहटको सीमा स्थित बागमती नदीमा कात्तिक स्नान गर्न आउनेको घुइँचो लागेको छ।बागमती नदीमा बुधबार(आज)कात्तिक स्नानव्रत अर्थात् पूर्णिमाका दिन स्नान गर्न विभिन्न जिल्लाबाट ठुलो सङ्ख्यामा श्रदालु भक्तजनहरु बागमती आइपुगेका हुन्।पूर्वपश्चिम राजमार्गको सर्लाही,रौतहट र बारा खण्डबाट बागमतीमा स्नान गर्नका लागि आएकाहरु सवार मोटरसाइकल,ट्याक्टर र बसलगायतका सवारी साधनको भिड लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीले जनाएको छ ।कात्तिक स्नानकै अवसरमा बागमती नगरपालिका १२ स्थित बागमती नदी किनारमा ऐतिहासिक पूर्णिमा मेला समेत लागेको छ ।
विगत दुई/चार वर्षदेखि श्रदाजु भक्तजनहरुको चहलपहल घटेकोमा यो वर्ष पुनःश्रदाजु भक्तजनहरुको उपस्थिति बढेको स्थानीयले सन्तोष दाहालले बताए ।उनका अनुसार पहिलाको जस्तो धाँमीझाँक्री उफ्रदै आउने परम्परा भने लोप भएको छ ।बागमतीमा स्नान गर्न र मेला हेर्नका लागि ठुलो सङ्ख्यामा श्रदाजु भक्तजनहरु आएपछि प्रहरीले सुरक्षा सावधानी बढाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।प्रहरीका अनुसार श्रदाजु भक्तजनहरुको बाक्लो उपस्थितिलाई मध्यनजर गर्दै सुरक्षा प्रवन्ध मिलाइएको हो ।
यता,सर्लाहीको लालबन्दी नगरपालिका ३ जब्दी भैरवपुरमा “त्रिवेणी मेला २०८२”आयोजना गरिएको छ।“त्रिवेणी मेला २०८२” कात्तिक १८ गतेबाट २२ गे सम्म चल्ने श्री त्रिवेणी मेला समिति,लालबन्दी नगरपालिका ३ ले जनाएको छ।आयोजकका अनुसार मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको आकर्षक प्रस्तुति रहनेछ।संस्कृति र परम्पराको संरक्षणका लागि आयोजना गरिएको मेलामा थारु समुदायको सामाचकेवा नृत्य,धामी झाँक्री नृत्य र स्थानीय जातीय परिकार प्रदर्शनीमा राखिने लालबन्दी नगरपालिका ३ का स्थानीय अर्जुन चौधरीले जानकारी दिए।उनका अनुसार थारु परिकार तथा विभिन्न स्वादिष्ट खानेकुराका स्टलहरू समेत आकर्षणका रूपमा रहने छन् ।त्रिवेणी मेला प्रत्येक वर्ष धार्मिक,सांस्कृतिक र सामुदायिक एकताको प्रतीकका रूपमा आयोजना गर्दै आएको छ।यस वर्ष पनि मेलाले स्थानीय पर्यटन र संस्कृतिको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने आयोजकले अपेक्षा गरेको छ ।