Close This

जिल्लामा कोरोना संक्रमितको संख्या ६ सय ९२

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-४-४ गते   ३२४ पटक हेरिएको

जिल्लामा कोरोना संक्रमितको संख्या ६ सय ९२ पुगेको छ । विगत केही दिनदेखि मन्द रहेको जिल्लामा कोरोना संक्रमितको संख्या आईतबार फेरी बढेको हो । आइतवार एकै दिन २५ जना नयाँ कोरोना संक्रमित थपिएका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले बताउनु भयो ।
जिल्लाको बरहथवा नगरपालिकामा २३ जना र विष्णु गाउँपालिकामा २ जना कोरोना संक्रमित व्यक्तिहरु थपिएका प्रमुख जिल्ला अधिकारी जिसीले जानकारी दिनुुभयो । यो सँगै जिल्लामा कोरोना संक्रमित हुनेको संख्या ६ सय ९२ पुुगेको छ । भने ६ सय २७ जना कोरोना संक्रमितहरु कोरोना जितेर घर फर्केका छन ।
बरहथवा नगरपालिकामा आइतवार २४ जनामा कोरोना पोजेटिभ व्यक्तिहरुको रिपोर्ट आए पनि १ जना पुरानै संक्रमित रहेको प्रमुख जिल्ला अधिकारी जिसीले जानकारी दिनुुभयो ।

कोरोना संक्रमित २५ जना व्यक्तिहरु मध्ये बरहथवाका केहि संक्रमित व्यक्तिहरु समुुदायमै बसेको पाइएको छ भने बाँकी व्यक्तिहरु भारत बाट आएका पाईएको छ ।जिल्लामा अहिले ६५ जना कोरोना संक्रमित व्यक्तिहरुको जिल्लाकै विभिन्न आइसोलेसन कक्षमा उपचार भइरहेको छ भने ६ सय २७ जना कोरोना संक्रमित व्यक्तिहरु कोरोना जितेर घर फर्किसकेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech