Close This

शहिदको सपना साकार पार्न सबै लाग्नु पर्छ : पाेलिटव्युराे सदस्य साह

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-६-५ गते   १०३ पटक हेरिएको

स्वा.महेन्द्र श्रेष्ठको २४ औँ स्मृति दिवस  सिन्धुलीमा मनाएको छ । शहिद तथा बेपत्ता योद्धा सन्तती फाउण्डेशनद्वार महान शहिद स्वा. श्रेष्ठको २४ औँ स्मृति दिवस  सिन्धुलीमा मनाएको  हाे ।
शहिद तथा बेपत्ता योद्धा सन्तती फाउण्डेशनका  सल्लाहाकार सदस्य क्षितिज श्रेष्ठको अध्यक्षता तथा नेकपा(माओवादी केन्द्र) का पाेलिटव्युराे सदस्य एवम  मधेस प्रदेश सरकारका गृह तथा संचार मन्त्रि भरत प्रसाद साहको प्रमुख आतिथ्यतामा महान शहिद श्रेष्ठको २४ औँ स्मृति दिवस मनाईएको हो ।
वि.सं. २०२६ असार ३ गते जन्मनु भएका महान शहिद श्रेष्ठ सानै उमेर देखि राजनीतिक क्षेत्रमा चासो राख्थे । उनको २०५५ सालमा उदयपुरको खोक्सामा तत्कालीन शासकहरुकाे निर्देशनमा तत्कालीन शाही नेपाली सेनाले निर्मम हत्या गरेका  थियो ।
माओवादी केन्द्रका पाेलिटव्युराे सदस्य एवम मधेस प्रदेश सरकारका गृह तथा संचार मन्त्रि साहले महान सहिद श्रेष्ठप्रति श्रदाञ्जली अर्पन गर्दै माओवादी केन्द्रलाई नेपाली जनताको उत्पिडनको समस्याको समाधान चुनाैतीकाे रुपमा रहेकाे बताए  । जनयुद्धमा सहादत प्राप्त गरेका शहिदहरु प्रति सम्मान गर्दै मधेस प्रदेशले हरेक वर्ष फागुन १ गते सार्वजनिक विदा दिएर जनयुद्ध दिवस मनाउने गरेको प्रमुख अतिथि पाेलिटव्युराे सदस्य एवम मधेश प्रदेश सरकारका गृह तथा सञ्चार मन्त्री साहले बताए  ।
आफ्नो देश र पार्टीको लागि शहिदहरुकाे  ठूलो योगदान रहेको उल्लेख गर्दै सहिदको सपनालाई सबै मिलेर पुरा गरेमात्र  पार्टी संगसँगै शहिदको सपनाले सार्थकता पाउने उनले बताए ।
यस्तै,माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा सिन्धुली जिल्ला ईन्चार्ज लेखनाथ दाहाल (राजन) ले संसार भरिका दुस्मन तत्कालीन माओवादी प्रति एक भएर आईलाग्दा पनि निडर भएर आफ्नो पार्टीप्रति लागेर पार्टीको सुरक्षा गर्न लागिपर्दा जिल्लाका १ सय ६७ जनाले सहादत प्राप्त गरेको र त्यस मध्य एक  शहिद  श्रेष्ठ रहेका बताए ।
यस्तै, शहिद श्रेष्ठ जस्ता धेरै सहिदहरुले सयौँ पटक जनताको अधिकारको लागि नलडेको भए आज पार्टीले यतिको सफलता प्राप्त गर्न नसक्ने भन्दै शहिदहरुको सपनालाई यथार्थमा बदल्न र सपना सार्थक बनाउन आफु निरन्तर लागि पर्ने दाहालले प्रतिबद्धता व्यक्त गरे ।
यस्तै, शहिद तथा बेपत्ता योद्धा सन्तती फाउण्डेशनका सल्लाहाकार सदस्य श्रेष्ठले नीति नीयममा पार्टीलाई कसरी सुधार गर्ने र सहिद परिवार र घाईते परिवारलाई कसरी एकताबद्ध बनाउने भन्ने कुरामा विषेश ध्यान दिनुपर्ने बताए ।
पार्टीकाे नेतृत्व गर्दै जादाँ कोही कसैले बाटो नविराउन र सम्पुर्ण शहिद तथा वेपत्ता परिवारका सदस्यहरुको सदैव साथ र सहयोग रहेको श्रेष्ठले बताए ।
शहिद तथा वेपत्ता फाउण्डेशन र अखिल (क्रान्तिकारी)सिन्धुलीको संयुक्त आयोजनामा भएको कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय अनुसाशन विभाग सदस्य बुद्धिमान माझि (बसन्त), माओवादी केन्द्रका बागमती प्रदेश सहसचिव प्रकाश श्रेष्ठ,माओवादी केन्द्रका बागमती प्रदेश कमिटि सल्लाहाकार विश्वम्बर लामिछाने,माओवादी केन्द्रका जिल्ला अध्यक्ष पानिराज बम्जन,सुनकोसी गाउँपालिकाका अध्यक्ष दिपा बोहोरा(दाहाल),अखिल (क्रान्तिकारी)का केन्द्रिय सदस्य भानुभक्त श्रेष्ठ लगायतको  उपस्थिती रहेको आयाेजकले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech