Close This

उपभोक्ता समिति दर्ता गरि सम्झौता गर्न लालबन्दी नगरपालिकाको आग्रह

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-८-२४ गते   १६८९ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिकाले उपभोक्ता समिति दर्ता गरि सम्झौता गर्न आउने आग्रह गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरबार काठमाण्डौँले समितिलाई जिम्मेवार बनाउन उपभोक्ता समिति दर्ता गरि सम्झौता गरेर काम गर्न परिपत्र जारी गरेपछि नगरपालिकाले एक सुचना जारी गर्दै पभोक्ता समिति दर्ता गरि सम्झौता गर्न आउने आग्रह गरेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरबार काठमाण्डाको पपत्र अनुसार उपभोक्ता समितिबाट काम गराउने सम्बन्धमा महालेखापरीक्षकको कार्यालयको ५८ औँ वार्षिक प्रतिवेदन सुझाव कार्यान्वयन गर्ने विषयको पत्रमा उल्लेख भएको भन्दै मन्त्रालयले परिपत्र गरेपछि नगरपालिकाले सुचना जारी गरेको हो ।
 महालेखापरीक्षकको कार्यालयको ५८ औँ वार्षिक प्रतिवेदन  अनुसार सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ९७ मा उपभोक्ता समिति वा लाभग्राही समुदायबाट काम गराउन सक्ने तर त्यस्ता समितिहरु संस्था दर्ता ऐन. २०३४ अनुसार विधान सहित दर्ता भएको हुनु पर्ने कानूनी व्यवस्था रहेकोमा स्थानीय स्तरमा योजना सञ्चालन तथा विभिन्न निर्माण कार्य गर्न अस्थायी रुपमा गठित उपभोक्ता समिति वा लाभग्राही समुदायहरु मार्फत कार्य सम्पन्न भए पश्चात समिति विघटन हुने र सम्पन्न भएका योजनाहरुको सञ्चालन तथा मर्मत सम्भारमा समितिलाई जिम्मेवार बनाउन कठिनाई हुने तथा त्यस्ता समितिले आय(व्यय लेखापरिक्षण समेत नगराउने भएकोले अब उप्रान्त यस नगरपारिकाबाट उपभोक्ता समिति मार्फत सञ्चालन हुने योजनाको लागि उपभोक्ता समितिहरुले विधान सहित सम्बन्धित निकायमा दर्ता गर्न परिपत्र भएको छ । जस अनुसार लालबन्दी नगरपालिकाले  दर्ता प्रमाणपत्र र स्थायी लेखा नम्बर सहित नगरपालिकाको कार्यालयमा आयोजना तथा  कार्यक्रम सम्झौता गर्न आउनु आग्रह गरेको  हो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech