सर्लाहीको लालबन्दी नगरपालिका १७ की किशोरी प्रियङ्का भुजेलको शव परिवारले बुझ्न अस्वीकार गरेका छन् । मृतक किशोरीको बुधबार जिल्ला अस्पताल सर्लाहीमा शव पोष्टमार्टम भईसकेपनि परिवारले शव बुझ्न नमान्दा शव जिल्ला अस्पतालमै रहेको छ ।
प्रहरीले मृतक भुजेलको दोषि पत्ता लगाई कानुन बमोजिम कारवाही गर्ने र घटनाको सूक्ष्म ढंगले अनुसन्धान गरी न्याय दिलाउने भन्दै आश्वासन दिएपनि परिवारले शव बुझेका छैनन् । गत साउन ३१ गते राती करिब ११ बजे घरबाटै बेपत्ता भएकी लालबन्दी नगरपालिका–१७, रानिगन्ज डाँडाटोलका राजेश भुजलेकी १४ वर्षीया छोरी भुजेलको गत मंगलवार राती कालिन्जोर खोलामा गाढीएको अवस्थामा शव फेला परेको थियो ।
पूर्व–पश्चिम लोकमार्गस्थित कालिन्जोर पुलबाट करिव २ सय मिटर दक्षिणतर्फ गाडेको अवस्थामा किशोरीको शव फेला परेपछि प्रहरीले अनुसन्धानका लागि भन्दै स्थानिय दुई युवालाई नियन्त्रणमा लिएको छ । सो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले लालबन्दी १७ कै १८ वर्षीय किसन साह र १९ वर्षीय अनिस दाहाललाई पक्राउ गरेको छ । उनीहरु विरुद्ध बुधबार सर्लाही जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक निर्मल थापाले जानकारी दिनुभयो ।
मंगलवार दिउँसो महोत्तरीबाट पक्राउ परेका युवकहरुले नै युवतीको शव गाडेको स्थान देखाएका प्रहरीले जनाएको छ । युवतीको बलात्कार पछि हत्या भएको भन्दै घटनाको छानबिन र दोषीलाई कारवाहीको माग राख्दै स्थानीयवासीले बुधबार लालबन्दीमा २ घण्टा पूर्व–पश्चिम लोकमार्ग अवरुद्ध पारेका थिए । भने बिहीबार पनि करिब ३ घण्टा दोषीलाई सार्वजनिक गर्न माग गर्दै पीडित पक्ष र सुरक्षा निकायका प्रतिनिधिहरु विच छलफल भएको थियो । तर प्रहरीले १४ वर्षिय भुजेलको उमेर १६ बताएको,दोषीलाई सार्वजनिक नगरेको भन्दैपीडित पक्ष थप आक्रोसित बनेका छन् । आक्रोसित पीडित पक्षले आफुहरुले ईलाका प्रहरी कार्यालय लालबन्दीबाट न्यान नपाउने भएका कारण आज(शुक्रबार) जिल्ला प्रशासन कार्यालय सर्लाहीमा ज्ञापन पत्र बुझाउने र जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिने कार्यक्रम रहेको पडित पक्षले बताएका छन् । प्रहरीले भने थप अनुसन्धान भई रहेको जनाएको छ ।
त्यसैगरी सर्लाही निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रमोद साहले पनि पीडित पक्षसंग भेटगरी वास्तविकता बुझेर प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई जानकारी गराउनु भएको छ । लालबन्दी नगरपालिकाका नजगर प्रमुख मान बहादुर खड्का,विभिन्न वडाका वडा अध्यक्षहरु र महिला अधिकारकर्मीहरुले पनि पीडित पक्षको माग जाहेज रहेकाले आफुहरुकोसाथ पीडित पक्षलाई सदैव रहेको बताएका छन् ।