Close This

“ईश्वरपुर गोल्ड कप २०७६” को उपाधी एपिएफ महोत्तरीलाई

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७६-१०-२१ गते   १५४३ पटक हेरिएको

सर्लाहीको ईश्वरपुर नगरपालिका –६ बयलबासमा भएको प्रदेश नम्बर २ स्तरीय फुटबल प्रतियोगीतामा एपिएफ क्लब २ नम्बर छिन्नमस्ता बाहिनी महोतरी विजयी भएको छ । मंगलबार भएको फाईनल खेलमा फुलजोड युवा क्लब (ए) सर्लाहीलाई ३–२ गोल अन्तरले पराजीत गर्दै एपिएफ क्लब २ नम्बर छिन्नमस्ता बाहिनी महोतरी विजयी भएको हो ।
एपिएफ क्लब २ नम्बर छिन्नमस्ता बाहिनी महोतरीका नविन चौधरी,कुमार दोङ र महेश लामाद्धारा १÷१÷१ गरि ३ गोल र पुलजोड युवा क्लब (ए) सर्लाहीका सुविर चौधरी र सागर गिरीद्धारा १÷१ गोल गरि २ गोल भएको थियो । यहि माघ १२ गतेबाट सुरु भएको प्रदेश नम्बर २ स्तरीय फुटबल “ईश्वरपुर गोल्ड कप २०७६”प्रतियोगीतामा प्रदेश नम्बर २ का सबै ८ वटै जिल्लाका  मंगलबार सकिएको हो । १÷१ पुलजोड युवा क्लब (बी) सर्लाही र एपिएफ क्लब २ नम्बर छिन्नमस्ता बाहिनी महोतरी गरि १० टिमको सहभागीता रहेको आयोजक पुलजोड युवा क्लब (ए ) सर्लाहीले जनाएको छ । 
मंगलबार सम्पन्न प्रदेश स्तरी पुटबल प्रतियोगीताका विजेता तथा प्रथम क्लब तथा टिमलाई प्रथम पुरस्कार १ लाख १ रुपैँया ईश्वरपुर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रहमान अन्सारीले सहयोग गर्नु भएको थियो भने द्धितिय पुरस्कार द्धितिय पुरस्कार वापतको रु  ५० हजार १ रुपैँया स्थानिय सहकारीकर्मी विजय कुमार साहले सहयोग गर्नु भएको आयोजकले बताएको छ ।
विजेता टिमलाई १ लाख १ रुपैँया नगद,प्रमाण पत्र र कपका साथै द्धितिय टिमलाई  रु ५० हजार १ रुपैँया नगदका साथै प्रमाण पत्र र कपको व्यावस्था गरिएको आयोजक तथा उप विजेता टिमका कार्य बाहक अध्यक्ष ईब्राहिम अन्सारीले बताउनु भयो । 
उहाँका अनुसार स्थानिय संघ÷संस्था,व्यापारी व्यावसायीहरु,स्थानिय जनप्रतिनिधिहरुका साथै कर्माचारीहरुको सहयोगमा प्रतियोगीता आयोजना गरिएको हो । अत्यन्तै रोचक प्रतियोगीतामा  आयोजक तथा पुलजोड युवा क्लब (ए) सर्लाहीका आयुष राना रातो कार्ड पाएर बाहिरिए पछि १० खेलाडीमा समिति पुलजोड युवा क्लब (ए) सर्लाहीले निकै धमकेदार प्रस्तुती अन्तीम समय सम्मपनि जारी राखेको थियो । 


सर्लाहीको ईश्वरपुर नगरपालिका –६ बयलबासको नारायण  माविको खेल मैदानमा भएको प्रदेश नम्बर २ स्तरीय फुटबल “ईश्वरपुर गोल्ड कप २०७६”प्रतियोगीतामा म्यान अफ दी डुर्नामेन्ट मिसन लामा,वेष्ट फिल्डर सागर गिरी, वेष्ट स्टाईकर सविन चौधरी,वेष्ट किपर मोहन खड्का र हाई स्कोर सागर गिरीलाई घोषणा गरिएको आयोजकले बताएको छ ।
अत्यन्तै रोचक प्रतियोगीतामा ईश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार देवकोटा,नगर उप प्रमुख एकावती देवी चौधरी,जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक विश्वमणी पोख्रेल, २ नम्बर छिन्नमस्ता बाहिनी महोतरीका सहायक बाहिनी पति गणेश बहादुर ठाडा मगर लगायत स्थानिय जनप्रतिनिधिहरुको साथै स्थानियबासीहरुको उपस्थिती रहेको थियो ।  

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech