हावाहुरी पीडितको मल्हम बन्दै लालबन्दीका गठबन्धनको तर्फबाट नगर प्रमुख र उप प्रमुख पदका उम्मेदवार

3.7k Shares

सर्लाहीको लालबन्दी नगरपालिका १६ परवानीपुरमा शुक्रबार साँझ आएको हावा हुरीबाट पीडित भएका ५ घर स्थानियबासीलाई राहत प्राप्त भएको छ । लालबन्दी नगरपालिका १६ परवानीपुरका हर्क बहादुर फुयाँल, ज्ञान बहादुर फुँयाल, विष्णु लाल फुँयाल, सुकमाया पाख्रिन र सोममाया थिङ्गको हावाहुरीले घरको छानो उठाएको थियो ।


शुक्रबार साँझ आएको हावाहुरीले उनिहरुको घरको छानो उठाएको खबर पाएपछि नेकपा(माओवादी केन्द्र) र नेकपा(एकिकृत समाजवादी)को तर्फबाट लालबन्दी नगरपालिकाको नगर प्रमुख पदका उम्मेदवार प्रल्हाद कुमार बुढाथोकी, उप प्रमुख पदका उम्मेदवार गोविन्द प्रसाद अधिकारीको विशेष पहलमा हावाहुरी पीडित  हर्क बहादुर फुयाँल, ज्ञान बहादुर फुँयाल, विष्णु लाल फुँयाल, सुकमाया पाख्रिन र सोममाया थिङ्गलाई राहत सामाग्री हस्तान्तरण गरिएको नेकपा(माओवादी केन्द्र) लालबन्दी नगर कमिटिका उपा अध्यक्ष एवम लालबन्दी नगरपालिका १६ का वडा अध्यक्ष पदका उम्मेदवार समेत निवर्तमान वडा अध्यक्ष गणेश बहादुर थापाले जानकारी दिनु भयो ।


उहाँका अनुसार शुक्रबार साँझ हावाहुरी सहित आएको पानीले  हर्क बहादुर फुयाँल, ज्ञान बहादुर फुँयाल, विष्णु लाल फुँयाल, सुकमाया पाख्रिन र सोममाया थिङ्गको घरको छाना उडाएको थियो।हावाहुरी पीडितहरुलाई नेकपा(माओवादी केन्द्र) र नेकपा(एकिकृत समाजवादी)को तर्फबाट लालबन्दी नगरपालिकाको नगर प्रमुख पदका उम्मेदवार बुढाथोकी, उप प्रमुख पदका उम्मेदवार अधिकारी र प्रदेश सभा सदस्य वेचि लुङ्गेली सहितको  टोलीले उनिहरुलाई घरैमा पुगेर राहत वितरण गरेको हो ।


चुनावी प्रचार प्रसारमा व्यस्तर रहेको समयमा पनि हावाहुरीले घरको छाना उडाएको खबर पाउना साथ पुगेका उम्मेदवारहरुले तत्कालका लागि हावाहुरी पीडितहरुलाई त्रिपाल वितरण गरेका छन भने आवश्यकता अनुसार अरु राहत सामाग्री पनि वितरण गरिने नेकपा(माओवादी केन्द्र) र नेकपा(एकिकृत समाजवादी)को तर्फबाट लालबन्दी नगरपालिकाको नगर प्रमुख पदका उम्मेदवार बुढाथोकीले जानकारी दिनु भयो । उहाँका अनुसार हावाहुरीले घरको छानो उडाएको खबर पाएपछि आफुहरु पीडितको घरमा पुगेको र पीडितले तत्कालका लागि त्रिपाल भए पुग्ने बताएपछि सोही अनुसार प्रति घर १ थानका दरले त्रिपाल वितरण गरिएको हो ।
आफुहरु चुनावी प्रचार प्रसार र घरदैलो कार्यक्रममा व्यस्त रहेको समयमा पनि आफ्ना नागरिकहरु समस्यामा परेको थाहा पाउना साथ उनिहरुको घरमै पुगेर तत्कालका लागि राहत स्वरुप त्रिपाल वितरण गरिएको नेकपा(माओवादी केन्द्र) र नेकपा(एकिकृत समाजवादी)को तर्फबाट लालबन्दी नगरपालिकाको नगर उप प्रमुख पदका उम्मेदवार अधिकारीले बताउनु भयो ।
भोट माग्दै गरौंला ,घर दैलो पनि गरौंला तर पीडितहरुको राहतको निम्ति तत्काल खटिन्छौ खटिनु पर्छ भन्दै उम्मेदवारहरु घर दैलो एवम चुनाव प्रचार प्रसार कार्यक्रम छाडेर पीडितको घरमै पुगेर राहत सामाग्री वितरण गरेका नेकपा(माओवादी केन्द्र) लालबन्दी नगर किमिटिका सचिव एवम लालबन्दी नगरपालिका ८ का निवर्तमान वडा अध्यक्ष राजन कुमार श्रेष्ठले जानकारी दिनु भयो ।

सम्बन्धित समाचार