शंखर पहाडी(गाैरब)
पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेलाई विशेष अदालतले साढे नाै वर्ष कैद र रु दुई करोड ४३ लाख ६८ हजार आठ सय तीन जरिवाना तोकेको छ। भृकुटीमण्डप स्थित फनपार्कको जग्गा भाडामा दिदा भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतले पुर्व मन्त्री न्याैपानेलाई साढे नाै वर्ष कैद र रु दुई कराेड ४३ लाख ६८ हजार आठ सय तीन जरिवाना ताेकेकाे छ ।
भृकुटिमन्डपको फनपार्कको ६० रोपनी जग्गा न्यून दरमा भाडामा दिएर भ्रष्टाचार गरिएको भन्दै अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले विशेष अदालतमा मुद्दा गरेको थियो।
विशेष अदालतका न्यायाधीश श्रीकान्त पौडेल, न्यायाधीश शालिग्राम कोइराला, र बलभद्र बाँस्तोलाको इजलासले जग्गा भाडा प्रकरणमा तात्कालिन मन्त्री न्यौपानेले भ्रष्टाचार गरेको ठहर गर्दै सजाय तोकेको हो। विशेष अदालतले फागुन १६ गते पूर्वमन्त्री न्यौपाने सहित नाै जनालाई दोषी ठहर गरेको थियो।
दोषी ठहरीएका पुर्वमन्त्री न्यौपाने तत्कालीन सरकारकाे महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थिए । उनी समाजकल्याण परिषद्का तत्कालीन अध्यक्ष समेत थिए।त्यस बेला उनी चुरेभावर पार्टीबाट मन्त्री बनेका न्यौपाने नेकपा हुँदै एमाले र पछिल्लो समय प्रभु साहले नेतृत्व गरेको आम जनता पार्टीमा छन् ।
अदालतका उपरजिष्टार एवम सूचना अधिकारी नारदप्रसाद भट्टराईका अनुसार,परिषद्का तत्कालीन उपाध्यक्ष प्रमोद मेहता,कोषाध्यक्ष कुञ्ज विहारी प्रसाद चौधरी, सदस्य सचिव रवीन्द्र कुमार, सदस्यहरू मोहनराज शर्मा, मदन कुमार लाल कर्ण, हरि न्यौपाने र काठमाडौं फनपार्कका प्रमुख सञ्चालक रवीन्द्र गुरुङ पनि दोषी ठहरिएका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फनपार्कको जग्गा अनियमितता प्रकरणमा २०७५ माघ २१ गते गुरुङसहित १४ जनाविरुद्ध मुद्दा चलाएको थियो। दोषी ठहर भएका नाै जनाविरुद्ध जनही रु ३१ करोड ५२ लाख बिगो मागदाबी गरिएको थियो।
पुर्वमन्त्री न्यौपानेले आफू महिला,बालबालिका तथा समाज कल्याणमन्त्री रहँदा गुरुङको कम्पनी काठमाडौं फनपार्कलाई प्रति रोपनी मासिक रु नाै हजार दुई सय ५० मा भाडामा दिने निर्णय परिषदबाट गराएका थिए ।
२०६९ भदौ २० मा परिषद्को कार्य सञ्चालन समितिको बैठकले बिनाटेन्डर फनपार्कलाई १५ वर्षका लागि भाडामा दिने निर्णय गरेको थियो।