Close This

मोटरसाईकल चोरी गरि आगो लगाउने एकजना पक्राउ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१२-१ गते   २३० पटक हेरिएको

सर्लाही ईश्वरपुरबाट मोटरसाईकल चोरी गरेको आरोपमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  इश्वरपुर नगरपालिका ६ बयलवास बस्ने मुस्तुफा अन्सारीको प्र२–०३–०१२ प २६०३ नम्बरको २२०सिसिको पल्सर मोटरसाईकल चोरी गरेको आरोपमा सोही स्थान निवासी अन्दाजी बर्ष १६ का एैसान अन्सारीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बयलवास केशरगञ्जका प्रहरी प्रमुख प्रहरी निरिक्षक विरेन्द्रराज गुरुङले जानकारी दिनु भयो ।
फागुन २९ गते मुस्तुफाको घरबाटै मोटरसाईकल चोरी भएको खबर प्राप्त भएपछि मोटरसाईकल र चोरी गर्ने व्यक्तिको खोजतलासमा लागेको प्रहरीले सोही स्थानको नारायण मा.बि.को प्राङ्गणमा आगो लागि जली पुर्ण रुपले क्षति भएको अवस्थामा आइतबार मोटरसाईकल  फेला पारेको प्रहरीले जनाएको छ । 
पुर्ण क्षेती भएको मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिएर चोरी गर्ने तथा आगो लगाउने मानिसहरुको खोजतलास तथा अनुसन्धान गर्दा मोटरसाईकल धनी मुस्तुफाकै काकाको छोरा एैसानले व्यक्तिगत रिसिवीको कारण उक्त मोटरसाईकल चोरी गरी उनी आफैले जलाएको स्विकार गरेको प्रहरी निरिक्षक गुरुङले बताउनु भयो । 
मोटरसाईकल चोरी गरि आगो लगाउने एैसानलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech