Close This

लालबन्दीमा दुर्गा पूजा मुल समिति गठन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-६-९ गते   ५५० पटक हेरिएको

नेपालीहरुको महान पर्व वीजयादशमी अन्तर्गत दुर्गा पूजाका लागि लालबन्दीमा दुर्गा पूजा मुल समिति गठन गरिएको छ । शुक्रबार भएको भेलाले आशिष बाबु दाहालको संयोजकत्वमा ९ सदस्यीय दुर्गा भवानी पूजा मूल समिति गठन गरिएको हो । 
मूल समितिको सचिवमा लालबाबु महतो र कोषअध्यक्षमा शक्ति साह चयन हुनु भएको छ । भने राम प्रताप महतो, अशोक साह, धर्मेन्द्र राम, कल्याण कालिकोटे, महेन्द्र साह र रामबाबु महतो सदस्य रहेका छन् ।
त्यस्तै भेलाले अशोक साहकै संयोजकत्वमा १५ सदस्यीय स्वयंसेवक समिति तथा मूल समितिका संयोजक दाहालको संयोजकत्वमा तीन सदस्यीय आर्थिक समिति समेत गठन गरेको छ । हरेक वर्ष दुर्गा मण्डप बनाएर मनाईंदै आईरहेको लालबन्दीको तरकारी बजार छेउमा यसवर्ष पनि दुर्गा भवानीको मण्डप बनाएर दुर्गा पूजाको तयारी गरिएको मूल समितिका संयोजक दाहालले बताउनु भयो ।

लालबन्दी तरकारी बजार व्यावस्थापन समितिका अध्यक्ष राम दरेश चौधरीको अध्यक्षतामा भएको भेलाले ९ सदस्यीय दुर्गा भवानी पूजा मूल समिति गठन गरेको हो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech