सर्लाहीको बागमतीमा हुने मधेश प्रदेशकै सर्वाधिक धनराशीको राजर्षि जनक कप फुटबल प्रतियोगिताको छैठौ संस्करण चैत्र २ गतेबाट सुरु हुने भएको छ । बिहीवार(आज) जिल्लाको बागमतीमा पत्रकार सम्मेलन गरी प्रतियोगीता चैत्र २ गतेबाट सञ्चालन हुने आयोजक बागमती युवा क्लबले जनाएको हो ।
आन्तरिक पर्यटन तथा संस्कृति सम्बद्र्धनको लागि छैठौं राजर्षि जनक कप फुटबल प्रतियोगिता सञ्चालन गरेको बागमती नगरपालिकाले सुरुदेखि कै संस्करणहरु सञ्चालन गरि रहेको छ । चैत्र २ गतेबाट बागमती नगरपालिका १२ स्थित स्व.संन्तोष श्रेष्ठ स्मृती खेल मैदानमा आयोजना गरिने प्रतियोगीतामा आन्तरीक तथा बाह्य गरि १२ वटा क्लवको सहभागीता रहने आयोजक बागमती युवा क्लबका महासचिव सागर मैनालीले जानकारी दिनु भयो । उहाँका अनुसार चैत्र १३ गते सम्म संचालन हुने प्रतियोगितामा ११ स्वदेशी र एक विदेशी गरी १२ ओटा टिमको सहभागिता रहने छ ।
प्रतियोगितामा आयोजक बागमती युवा क्लव सर्लाही,मनाङ मस्र्याङदी क्लव काठमाण्डौ, नेपाल आइस हिमालयन शेर्पा क्लव काठमाण्डौ, पिप्ले युवा क्लव हेटौडा, के.बि.ए. ग्लोबल बि.एफ.सी चितवन, न्यूरोड टिम (एन.आर.टी.) काठमाण्डौ, नवजन जागृती फुटबल क्लव सिमरा, नेपाल पुलिस क्लव काठमाण्डौ, सुदूरपश्चिम ११ धनगढी, मछिन्द्र फुटबल क्लव काठमाण्डौ, एभेनिर फुटबल क्लव क्यामरुन, सशस्त्र पुलिस क्लव (ए.पी.एफ) काठमाण्डौको सहभागिता रहने आयोजक बागमती युवा क्लबका अध्यक्ष किस्मत राज मैनालीले बताउनु भयो ।
प्रतियोगिताको विजेताले नगद रु १० लाखसहित राजर्षि जनक कप तथा उप विजेताले नगद रु ५ लाखसहित ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ। त्यसैगरी हरेक विधाका उत्कृष्ट खेलाडीलाई नगद रु २५ हजार प्रदान गरिने अध्यक्ष मैनालीले बताउनु भयो । प्रत्येक प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद रु २० हजार प्रदान गरिने छ ।
त्यसैगरी बागमती राइजिङ अफ द एयर हुने खेलाडीलाई मोटरसाइक र फाइनल खेलका उत्कृष्ट खेलाडीलाई नगद रु ५१ हजार प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगिता संचालनमा अनुमानित रु ८० लाख खर्च हुने आयोजक क्लवका अध्यक्ष मैनालीले बताउनु भयो ।