Close This

एकिकृत समाजवादीद्धारा हरिवन ५ को वडा भेला सम्पन्न

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-९-१० गते   १४४८ पटक हेरिएको

नेकपा (एकिकृत समाजवादी)सर्लाहीले शनिबार (आज) हरिवन नगरपालिका ५ को वडा भेला सम्पन्न गरेको छ । हरिवन नगरपालिका ५ को वडा भेलाले समरदेव स्यांवाको अध्यक्षतामा विछोड लामा सचिव रहेको १ सय १ सदस्यीय वडा कमिटी चयन गरेको एकिकृत समाजवादी हरिवनले जनाएको छ । 
एकिकृत समाजवादी हरिवन नगर कमिटीका अध्यक्ष चुडामणी वाग्लेको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी पोलिट्व्युरो सदस्य लक्ष्मण पौडेल, प्रदेश २ का प्रदेशका कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री प्रमोद यादव, केन्द्रीय सदस्य डिल्ली उप्रेती,प्रदेश कमिटि सदस्य वेची लुंगेली, जिल्ला अध्यक्ष सुरेन्द्र लामा, सचिव गोविन्द अधिकारी, अनेरास्ववियुकी महासचिव आरती लामा, वडा अध्यक्ष नागेन्द्र साह लगायतको विशेष उपस्थितमिा हरिवन नगरपालिका ५ को वडा भेला सम्पन्न भएको हरिवन नगर कमिटि अध्यक्ष वाग्लेले जानकारी दिनुभयो । उहाँका अनुसार  हरिवन नगरपालिका ५ स्थित द्वन्द्वपीडित वाल गृह परिषरमा भएको वडा भेला कार्यक्रममा स्थानीयवासीको उल्लेख्य सहभागीता रहेको थियो । 
एकिकृत समाजवादीका अध्यक्ष एवम पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल लगायतका नेताहरुले नेपालको संविधान, व्यवस्थापिका र लोकतान्त्रिक प्रणालीलाई वचाएको कार्यक्रमका वक्ताहरुको दावी छ ।
उनीहरुले नेकपा एमालेका अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले देशको संविधान र कानूनलाई हातमा लिएर व्यक्तीगत शासन गर्न खोजेको भए पनि पाँच दलिय गठवन्धनले नेपालको संविधान, व्यवस्थापिका र लोकतान्त्रिक प्रणालीलाई जोगाएको दाबी गरे । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech