सर्लाही ट्राफिकद्धारा चालु आवको ५ महिनामा करिब ८४ लाख राजश्व संकलन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-९-१६ गते   ५७ पटक हेरिएको

जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले चालु आवको ५ महिनामा करिब रु ८४ लाख राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्ष २०७८÷०७९ को साउनदेखि मंसिर सम्म गरी ५ महिनामा ट्राफिक प्रहरी सर्लाहीले रु ८३ लाख८ हजार ५ सय राजश्व संकलन गरेको ट्राफिक प्रहरीले जनाएको छ ।
साउन महिनामा ८ सय ३३ वटा ट्रक,३१ वटा बस, ४ सय ३८ वटा कार,जिप,भेन,१ सय ६ वटा ट्याक्टर,४ सय ३८ वटा मोटरसाइकल र ४ वटा टेम्पो तथा अन्य सवारीहरु गरी  १ हजार ८ सय ४५० वटा,भदौ महिनामा ५ सय ८३ वटा ट्रक,१२ वटा बस, २ सय ७९ वटा कार,जिप,भेन,६१ वटा ट्याक्टर,५ सय २४ वटा मोटरसाइकल र ४१ वटा टेम्पो तथा अन्य सवारीहरु गरी  १ हजार ५ सय वटा, असोज महिनामा ७ सय ५९ वटा ट्रक,२ वटा बस, ३ सय ८१ वटा कार,जिप,भेन,६२ वटा ट्याक्टर गरि १ हजार ५ सय वटा सवारीसाधनहरु,कार्तिक महिनामा ७ सय ९३ वटा ट्रक,२३ वटा बस, ४ सय ८४ वटा कार,जिप,भेन,७६ वटा ट्याक्टर,४ सय ९६ वटा मोटरसाइकल र २८ वटा टेम्पो तथा अन्य सवारीहरु गरी  १ हजार ९ सय वटा सवारी साधनहरु र मंसिरमा ६ सय ९७ वटा ट्रक,२२ वटा बस, ५ सय ६२ वटा कार,जिप,भेन, ९१ वटा ट्याक्टर,६ सय ९६ वटा मोटरसाइकल र ३२ वटा टेम्पो तथा अन्य सवारीहरु गरी  २ हजार १ सय वटा सवारी साधनलाई कार्बाही गर्दा चालु आवको ५ महिनामा रु ८४ लाख ८ हजार ५ सय राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक केदारमान दोङले जानकारी दिनु भयो । 
साउन महिनामा ८ सय ३३ वटा ट्रक,३१ वटा बस, ४ सय ३८ वटा कार,जिप,भेन,१ सय ६ वटा ट्याक्टर,४ सय ३८ वटा मोटरसाइकल र ४ वटा टेम्पो तथा अन्य सवारीहरु गरी  १ हजार ८ सय ५० वटा सवारी साधनबाट रु १८ लाख ४४ हजार ५ सय,भदौ महिनामा ५ सय ८३ वटा ट्रक,१२ वटा बस, २ सय ७९ वटा कार,जिप,भेन,६१ वटा ट्याक्टर,५ सय २४ वटा मोटरसाइकल र ४१ वटा टेम्पो तथा अन्य सवारीहरु गरी  १ हजार ५ सय वटा सवारी साधनलाई कार्बाही गर्दा रु १४ लाख ६५ हजार, असोज महिनामा ७ सय ५९ वटा ट्रक,२ वटा बस, ३ सय ८१ वटा कार,जिप,भेन,६२ वटा ट्याक्टर गरि १ हजार ५ सय वटा सवारीसाधनहरुलाई कार्बाही गर्दा रु १५ लाख ४२ हजार ५ सय,कार्तिक महिनामा ७ सय ९३ वटा ट्रक,२३ वटा बस, ४ सय ८४ वटा कार,जिप,भेन,७६ वटा ट्याक्टर,४ सय ९६ वटा मोटरसाइकल र २८ वटा टेम्पो तथा अन्य सवारीहरु गरी  १ हजार ९ सय वटा सवारी साधनहरुलाई कार्बाही गर्दा रु १६ लाख ४५ हजार र मंसिरमा ६ सय ९७ वटा ट्रक,२२ वटा बस, ५ सय ६२ वटा कार,जिप,भेन, ९१ वटा ट्याक्टर,६ सय ९६ वटा मोटरसाइकल र ३२ वटा टेम्पो तथा अन्य सवारीहरु गरी  २ हजार १ सय वटा सवारी साधनलाई कार्बाही गर्दा रु १८ लाख ११ हजार ५ सय गरी चालु आव २०७८÷०७९ को ५ महिनामा रु ८३ लाख ८ हजार ५ सय राजश्व संकलन भएको ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक दोङले बताउनु भयो ।
ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक दोङका अनुसार चालु आव २०७८÷०७९ को ५ महिनामा  ३ सय ९९ वटा दुर्घटना भएका छन् । जसमा साउनमा ६९ वटा,भदौमा ६८ वटा,असोजमा ६४ वटा,कार्तिकमा ८६ वटा र मंसिरमा १ सय १२ वटा दुर्घटना हुँदा २६ जनाको ज्यान गएको छ । भने ४ सय ५३ जना घाइते भएका छन् । दुर्घटना हुने सवारी साधनहरुमा  सबै भन्दा बढी मोटरसाईकल २ सय ७२ वटा रहेका ट्राफिक प्रहरीले जनाएको छ ।
विभिन्न पार्टीका कार्यक्रमहरु,विभिन्न किसमिका बन्दका कारण सवारी साधनहरु कम सञ्चालन हुँदा राजश्व पनि कम नै संकलन भएको ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक दोङले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech