Close This

सर्लाहीका डीएसपी कुँवरको सरुवा, डीएसपी बुढाथोकी सर्लाही आउने

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-३-९ गते   १५० पटक हेरिएको

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) मदन कुँवरको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले मंगलवार ५७ जना डीएसपीहरुको सरुवा गर्दा कुँवरको पनि सरुवा भएको हो । कुँवरको ईलाका प्रहरी कार्यालय बुटवलमा सरुवा भएको छ ।
गुल्मी पुर्खौली घर भएका डीएसपी कुुँवरको घरपायक सरुवा भएको छ । डीएसपी कुँवर २०७६ चैत ७ गते जिल्ला प्रहरी कार्यालय सर्लाहीमा हाजिर हुनु भएको थियो ।
यस्तै, सर्लाहीमा नयाँ डीएसपीको रुपमा हाल अर्घाखाँचीको प्रहरी प्रमुखको रुपमा रहनु भएका माधव प्रसाद बुढाथोकी आउनुहुनेभएको छ । केही पहाडी तथा हिमाली जिल्लामा डीएसपी प्रहरी प्रमुख हुने व्यवस्था छ । सर्लाही आउन लाग्नुभएका बुढाथोकीसँग अर्घाखाँची जानुअघि छिमेकी जिल्ला महोत्तरीमा बसेर काम गरेको अनुभव छ ।
पुराना डीएसपी कुँवर एक÷दुई दिनमा बुटवल जाने र त्यसपछि नयाँ डीएसपी बुढाथोकी यहाँ आउने जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । यता,बुटवलका डीएसपी प्रतित सिंह राठौरको नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल नक्साल, काठमाण्डौंमा सरुवा भएको छ । राठौर गत वर्ष सर्लाहीबाटै सरुवा भएर बुटवल गएका थिए । सर्लाहीबाट लगातार दुई जना डीएसपीको बुटवलमा सरुवा भएको हो । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech