नेपाली कांग्रेस लालबन्दी नगर समितिले केन्द्रकाे निर्णय नमान्ने भन्दै नारावाजी गरेका छन् । निर्वाचन अधिकृतकाे कार्यालय लालबन्दीमा कांग्रेसका नेता तथा कार्यकर्ताहरु र उम्मेदवारहरु उपस्थित भएर नाराबाजि गरेका हुन ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयले लालबन्दी नगरपालिकाका प्रमुख पदका उम्मेदवार बासुदेव अधिकारीकाे उम्मेदवारी फिर्ता भएको सुचना जिल्ला निर्वाचन अधिकृतकाे कार्यालय सर्लाहीलाई पठाए पछि लालबन्दीका कांग्रेसका नेता तथा कार्यकर्ताहरु र उम्मेदवारहरु आन्दोलीत बनेका विपि काेईराला युवा नेतृत्व विकास मञ्च सर्लाहीका अध्यक्ष तथा विद्यार्थी नेता ठाकुर प्रसाद बख्रेल(मनाेज) ले जानकारी दिनुभयाे ।उहाँका अनुसार नेता कार्यकर्ताहरुले केन्द्रकाे निर्णय नमान्ने,कसैकाे दवावमा नपर्ने,मनपरी निर्णय नमान्ने लगायतका नारा लगाउदै निर्वाचन अधिकृतकाे कार्यालय लालबन्दी अगाडि नारावाजी गरेका हुन ।
निर्धारित समय भन्दा पछि आएकाे निर्णय नमान्ने, गठबन्धन मान्दैनौं,गलत निर्णय नमान्ने,बासु अधिकारी जिन्दावाद,शेरबहादुर देउवा मुर्दावाद लगायतका नारावाजी गरेका छन् ।करिब १ सय जनाएको उपस्थितिमा नारावाजी गरेका हुन । नारावाजी कार्यक्रममा नगर प्रमुख पदका उम्मेदवार बासुदेव अधिकारी,नगर सभापति प्रशान्त आचार्य लगायतका नेता तथा कार्यकर्ताहरुकाे उपस्थिति रहेकाे थियाे ।