वन अतिक्रमणमा राजनीतिक दल सक्रिय, सरोकारावाला मौन

350 Shares

सर्लाहीका विभिन्न स्थानहरुमा पछिल्लो समय सामुदायिक तथा साझोदारी वन क्षेत्रहरु अतिक्रमणको सिकार हुन थालेको पाइएको छ।सर्लाहीको ईश्वरपुर नगरपालिका ५ स्थित फूलजोरमा वनको जग्गा अतिक्रमण गरेर धमाधम घर टहरा निर्माण भई रहेको भएपनि सव डिभिजन वन कार्यालय घारी तथा डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीलाई पटक पटक जानकारी गराउँदा पनि उक्त निकायहरु मौन देखिएका छन् । 
नेकपा(एमाले)ईश्वरपुर नगर कमिटिका निवर्तमान अध्यक्ष मेन कुमार गौतम सहित स्थानीयले ईश्वरपुर नगरपालिका ५ स्थित फूलजोरमा वनको जमिन अतिक्रमण गरि धमाधम घर टहरा बनाई रहेका भए पनि सरोकारवाला सव डिभिजन वन कार्यालय घारी र डिभिजन वन कार्यालय सर्लाही मौन देखिएपछि उनीहरुको समेत मिलेमतो रहेको स्थानियको आरोप छ ।
ईश्वरपुर नगरपालिका ५ स्थित फूलजोरमा वनको जग्गा अतिक्रमण गरि धमाधम घर टहरा बनाई रहेका विषयमा आफुहरुले सव डिभिजन वन कार्यालय घारी र डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीलाई पटक पटक जानकारी गराएको भए पनि सरोकारावाला निकाय मौन देखिँदा सरोकारवाला कै मिलेमतोमा वन क्षेत्र अतिक्रमणको सिकार भएको स्थानियको आरोप छ ।
सर्लाहीको बागमती नगरपालिका ४ र १२ मा निर्माणाधीन अवस्थामा रहेको बागमती माछा पोखरीको सवालमा सबैको ध्यान जान्छ तर व्यक्तिले वनको विघौँ विघा जमिन अतिक्रमण गर्दा पनि सरोकारवाला निकाय मौन देखिन्छ ।यता,डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीले अतिक्रमित वन क्षेत्र धमाधम खाली गराई रहेको डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीका प्रमुख एवम डिभिजन वन अधिकृत सन्तोष कुमार झाले बताए।उनले सर्लाहीका विभिन्न स्थानहरुमा भएको वन अतिक्रमण हटाई रहेको र क्रमैसंग हटाउने समेत बताए ।

सम्बन्धित समाचार