मदन भण्डारी राजमार्ग अन्र्तगत सिन्धुलीको दुधौली नगरपालिका २ स्थित गागनमा दुई वटा सवारी साधनहरु एक आपसमा ठक्कर खाँदा एक जनाको ज्यान गएको छ भने अर्का एक जना जना घाईते भएका छन्।मदन भण्डारी राजमार्ग अन्र्तगत सिन्धुलीको दुधौली नगरपालिका २ स्थित गागनमा भिमानबाट कटारी तर्फ जाँदै गरेको बा ३ ख ७४६२ नम्बरको बस र डकाहाबाट झुघा तर्फ आउँँदै गरेको ज ८ प ८१६४ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा दुधौली नगरपालिका ३ का अन्दाजी वर्ष २५ का महेश कँुमरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
प्रहरी काअनुसार कमलामाइ नगरपालिका १४ चन्दनपुरका अन्दाजी वर्ष २५ का दिपेश कुँमर गम्भीर घाईते भएका छन् ।दुर्घटना भए लगतै बा ३ ख ७४६२ नम्बरको बसका चालक उदयपुरको कटारी नगरपालिका ३ का अन्दाजी वर्ष ३२ का स्याम कुमार भट्टराइ फरार भएका छन् भने दुर्घटनामा संग्लग्न दुर्व सवारी साधन प्रहरीको नियन्त्रणमा रहेका छन् ।चालकको खोजी कार्य जारी रहेको सिन्धुली प्रहरीले जनाएको छ ।