कोडैना गाउँपालिकाद्धारा करिब १७ लाख अनावश्यक खर्च

373 Shares

सर्लाहीको कौडेना गाउँपालिकाका अध्यक्ष रुपेश कुमार राय यादवले आफ्नो गाउँपालिकाको विषयमा अनावश्यक समाचार र आफ्नो फोटो प्रकाशन गरिएको प्रति आपत्ति जनाएका छन् ।केही सञ्चार माध्यामहरुले सर्लाहीको कोडैना गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा खाना र खाजाका साथै विविध खर्चको नाममा रु १७ लाख अनावश्यक खर्च गरी वित्तीय अनुशासन उल्लंघन गरेको भन्दै महालेखा परीक्षकको ६२ औं प्रतिवेदनलाई आधार बनाएर समाचार प्रकाशन/प्रसारण गरेपछि गाउँपालिका अध्यक्ष यादवले आफुलाई सोध्दै नसोधी आफुखुसी गाउँपालिका र आफुलाई बद्नाम गराउने गरी फोटो समेत राखेर गाउँपालिका अध्यक्षले नै करिब १७ लाख खाएको जसरी समाचार लेखेको प्रति आपत्ति जनाएका हुन ।
गाउँपालिका अध्यक्ष यादवका अनुसार गाउँपालिकाका ७ वटा वडालाई प्रति महिना रु १० हजारका दरले लगेको मध्य रु छ लाख ९६ हजार अतिथि सत्कारको नाममा गाउँपालिका/गाउँकार्यपालिकाबाट निर्णय नै गरेर पठाएको र बाँकी रहेको रु १० लाख गाउँपालिकाले वार्षिक गाउँ सभा,अतिथि सत्कार र अन्य विभिन्न कार्यक्रमहरुमा खर्च भएको बताए । उनले बेरुजुको मामलामा सर्लाहीका २० वटै पालिकाहरु मध्य कौडेना गाउँपालिका निकै राम्रो स्थानमा रहेको भन्दै नीतिगत कुराहरुमा लेखापरीक्षण गर्दा तत्काल कुनै कागजातहरु नपुगेको देखिएको कौडेना गाउँपालिकामा कुल रु १६ लाख ९६ हजार हिसाब नमिलेको तर बेरुजु नरहेको दाबी गरे ।
गाउँ गाउँमा खानेपानी,अस्पताल,शैक्षिक संस्थाहरुको भौतिक परिवर्तन भएको नदेख्नेहरुले केही कागजात मिलाउने दक्षता नभएको कारण र विवाद रहित गाउँपालिका रहेको देखेपछि केही मानिसहरुलाई नपचेका कारण उनीहरु गाउँपालिका र गाउँपालिकाका अध्यक्षलाई बद्नाम गराउने काम गरेका भन्दै“गाडि चलाउले नै दुर्घटना गराउने”भन्दै यस्ता झिना मसिना कुराहरुले आफुलाई केही फरक नपर्ने गाउँपालिका अध्यक्ष यादवले बताए ।सर्लाही कै अरु स्थानीय तहहरुको बेरुजू हेर्नुपर्ने र सोही अनुसार कुन पालिकाको कति बेरुजू हो ।कुन प्रकृतिको वेरुजू हो।त्यो पनि पत्रकारहरुले थाहा पाउनु पर्ने समेत उनले बताए।
यता,स्थानीय सरकार सञ्चालन ऐन,२०७४ को दफा ७१ अनुसार व्ययको बजेट अनुमान आन्तरिक आयको परिधिभित्र रही औचित्यका आधारमा खर्च गर्नुपर्ने स्पष्ट व्यवस्था रहेपनि कोडैना गाउँपालिकाले सो प्रावधान उल्लंघन गर्दै“विविध खर्च”शीर्षकमा रु.१६ लाख ९६ हजार खर्च गरेको महालेखा परीक्षकको ६२ औँ प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनका अनुसार गाउँपालिकाले पालिकातर्फ खाना,खाजामा रु.१० लाख र वडास्तरमा खाजा र खानामा रु.छ लाख ९६ हजार खर्च गरेको छ।तर,सो रकम कहाँ,कसरी र कुन प्रयोजनका लागि प्रयोग भयो भन्ने पुष्टि गर्ने कुनै प्रमाण कागजात संलग्न नगरिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ।
महालेखा नियन्त्रक कार्यालयले जारी गरेको वर्गीकरण र व्याख्या २०७४ अनुसार“विविध खर्च” शीर्षकमा केवल मनोरञ्जन,अतिथि सत्कार,सुरक्षा,प्रतिनिधिमण्डल स्वागत जस्ता सीमित खर्च मात्र गर्न सकिने व्यवस्था छ।तर,कोडैनामा सो प्रावधानको मर्म विपरीत अत्यधिक खर्च भएको देखिएको भनेको छ।

सम्बन्धित समाचार