सिन्धुलीमा प्रहरीद्धारा ट्रक सहित २६ लाख को अवैध सामान बरामद

320 Shares

सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ खुर्काेटबाट जिल्ला प्रहरी कार्यालय सिन्धुलीले करिब रु २६ लाख बराबरको अवैध सामान बरामद गरेको छ।सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ खुर्कोट स्थित प्रहरी चेकपोष्ट र कमलामाई नगरपालिका ६ माझिटार प्रहरी चेकपोष्टमा सवारी साधन चेकजाँच गर्ने क्रममा विल विजक नभएको करिब रु २६ लाख बराबरको अवैध खाद्यन्नको सामान बरामद् भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक गोबिन्दराज काफ्लेले जानकारी दिए ।
उनका अनुसार सिन्धुलीबाट रामेछाप तर्फ जादै गरेको ना.७ ख. ७३५७ नम्बरको ट्रक चेकजाँच गर्दा विल बिजक नभएको करिब रु २० लाख बराबरको खाद्यन्नको सामान फेला पारेको हो।ट्रकमा ७२ बोरा चिनी सहित मुरही लगायत गरी रु २० लाख बराबरको रहेको सिन्धुली प्रहरीले जनाएको छ । 
यस्तै,कमलामाई नगरपालिका ६ माझिटार प्रहरी चेकपोष्टमा सवारी साधन चेकजाँच गर्ने क्रममा सिरहाको लाहानबाट काठमाण्डौ तर्फ जादै गरेको बा.४.ख ५८०६ नम्बरको बसको छतमा बोरामा लुकाई छिपाई ल्याइएको बिल विजक नभएको करिब रुदुई लाख चार हजार नौ सय बीस बराबरको सुर्तिजन्य पदार्थ समेत बरामद् गरेको सिन्धुली प्रहरीले जनाएको छ ।ना.७ ख. ७३५७ नम्बरको ट्रक सहित चिनी सहित अन्य विभिन्न खाद्यान्न र सुर्तिजन्य पदार्थ आवश्यक कार्बाहीको लागि भन्सार कार्यालय जनकपुर पठाएको सिन्धुली प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार