सिन्धुली प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने २ जना पक्राउ

2.9k Shares

सिन्धुलीको कमलामाई नगरपालिका ६ मा रहेको प्रहरी चेक प्वाइन्टमा डिउटीमा खटिएका प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने २ जना पक्राउ परेका छन् । प्रहरी चेक प्वाइन्टमा डिउटीमा खटिएका प्रहरी जवान लखन प्रसाद यादवलाई रु ५ सय दिन खोज्ने र प्रहरी जवान प्रमोद कुमार लोहारलाई रु १ सय दिन खोज्ने गरी १ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
कमलामाई नगरपालिका ६ माझिटार स्थित प्रहरी चेक प्वाइन्टमा डिउटीमा खटिएका प्रहरी जवान यादबलाई काठमाण्डौबाट कटारी तर्फ जादै गरेको बा ३ ख ७४६८ नम्बरको बस टाइम कार्ड अगाडि आएको कारण ट्राफिक कारबाही गर्न खोज्दा बसका सह चालक  कटारी नगरपालिका २ उदयपुरका अन्दाजी बर्ष २० का पदम लखनले रु ५ सय दिन खोजेका थिए । सह चालक लखनलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । 
यस्तै, गोलन्जोर गाउँपालिका ७ खुर्कोट चेक प्वाईन्टमा डिउटीमा खटिएका प्रहरी जवान लोहारलाई काठमाण्डौ तर्फ जादै गरेका बा ४ ख ३०७८ नंम्बरको हाईस टाइम कार्ड अगाडि आएको कारण ट्राफिक कारबाही गर्न खोज्दा हाईसका सह चालक बर्दिबास नगरपालिका १० महोतरीका अन्दाजी वर्ष १९ का सुनिल साहले रु १  सय  दिन खोजेका थिए । आर्थिक प्रलोभन पार्न खोजेकोले गाडी, गाडी चालक र सह–चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्ष तथा प्रहरी प्रवक्ता मनोज कुमार लामाले कमलामाई मिडिया प्रालिलाई जानकारी दिनु भयो ।

सम्बन्धित समाचार