सर्लाहीको चक्रघटा गाउँपालिकाका क्यान्सर पिडित महिलालाई रु ४० हजार आर्थिक सहयोग प्राप्त भएकोे छ । स्थानिय समाजसेवी,सक्रिय सहयोगी समाज सेवा सर्लाहीको सहयोगमा संकलन भएको रकम क्यान्सर पीडित महिला अमिरुन खातुनलाई एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिएको हो ।
वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका युवाहरुले सक्रिय सहयोगी समाज, सेवा गठन गरी आम्दनीको केही अंश जम्मा गरेर आर्थिक अभावका कारण उपचारमा समस्या भईरहेको नागरिकहरुलाई आर्थिक सहयोग गर्दै आएका छन् ।
रकम हस्तानान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उपचारको खर्चको अभावमा मृत्युको मुखमा पुग्न लागेकी क्यान्सर पीडित खातुनको जीवन रक्षाको लागि सहयोग प्राप्त भएको कार्यक्रमका प्रमुख अतिथि राजकुमार महतोले बताउनु भयो ।
स्थानिय सरकारलाई गरिब नागरिकको घर, ढोकाको सरकार भनिए पनि क्यान्सर पीडित खातुनलाई कुनै पनि सहयोग नगर्नुले आफु निकै दुखित भएको प्रमुख अतिथि महतोले बताउनु भयो । रकम हस्तान्तरण कार्यक्रममा स्थानिय समाजसेवी तथा मानव अधिकारकर्मीहरुको उपस्थिती रहेको स्थानिय सञ्चारकर्मी राधेश्याम कुशवाहले जानकारी दिनु भयो ।