सुन प्रकरण र संसद अवरोधबारे एमालेले आज पत्रकार सम्मेलन गर्दै

नवराज कार्की    प्रकाशित: २०८०-४-२८ गते   २४१ पटक हेरिएको

काठमाडौँ । नेकपा (एमाले) ले सुन प्रकरण र संसद अवरोधलगाएत वर्तमान समसामयिक राजनीतिकबारे आज पत्रकार सम्मेलन गर्ने भएको छ ।

एमाले पार्टी केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा दिउँसो १२ः४५ बजे विशेष पत्रकार सम्मेलन गर्न लागिएको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले जानकारी दिए ।

उनले वर्तमान समसामयिक राजनीति, संसदको गतिरोध, सुन तस्करी प्रकरण लगायतका विषयमा पार्टीको औपचारिक धारणा सार्वजनिक गरिने जानकारी दिए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech