Close This

लालबन्दी, हरिवन र बागमतीले दियाे माघ ९ गते पनि बिदा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१०-७ गते   २५६ पटक हेरिएको

सर्लाहीको लालबन्दी, हरिवन र बागमती नगरपालिकाले माघ ९ गते पनि सार्वजनिक बिदा दिएकाे छ ।  तामाङ समुदायले सोनाम ल्होसार पर्व माघ ८ गते मनाउँदै छ । सो पर्वको अवसरमा संघीय सरकारले आइतबार सार्वजनिक बिदा दिएको भए पनि जिल्लाका तीन स्थानीय तहले माघ ९ गतेपनि सार्वजनिक बिदा  दिएका हुन । 
जिल्लाका तीन वटै स्थानीय तहले शुक्रबार सूचना जारी गरी ९ गते नगरपालिकासँगै मातहतका वडा कार्यालय,सरकार तथा गैर सरकारी संघ/ संस्था लगायत विद्यालयहरु  बन्द रहने भएका हुन । 
लालबन्दी, हरिवन र बागमती तीनवटै स्थानीय तहमा तामाङ समुदायको बाहुल्यता रहेको छ । तीन स्थानीय तहले सोनाम ल्होसारमा शुभकामना आदानप्रदानसहितका अन्य कार्यक्रम समेत राखिएका छन् ।
स्थानीय सरकार संचालन ऐनले सम्बन्धित स्थानीय तहले विभिन्न पर्व तथा अन्य अवसर पारेर स्थानीय बिदा दिन सक्ने व्यावस्था गरिएको छ।साेही अनुसार यी तीन स्थानीय तहले माघ ९ गते पनि सार्वजनिक बिदा घाेषणा गरेका हुन ।

 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech