Close This

बागमतीमा नगर प्रमुख थापा र उप प्रमुख मोक्तान दोस्रो कार्याकालका लागि विजयी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-२-५ गते   १९४५ पटक हेरिएको

सर्लाहीको बागमती नगरपालिकामा नगर प्रमुख र उप प्रमुखमा नेकपा(माओवादी केन्द्र)ले दोहोर्याएको छ । बागमती नगरपालिकाको नगर प्रमुखमा निवर्तमान नगर प्रमुख भरत कुमार थापा र उप प्रमुखमा निवर्तमान नगर उप प्रमुख लिला कुमारी मोक्तानले दोस्रो कार्यकाल दोहोर्याउनु भएको हो ।
नगर प्रमुख थापाले ११ हजार ३ सय ५७ मत ल्याएर विजयी हुँदा २०७४ सालको भन्दा करिब ३ हजार ९ सय ८९ बढी मत आएको हो । नगर प्रमुख थापाका निकटतम् प्रतिद्वन्द्वी नेकपाण्एमाले)का टंकबहादुर बस्नेत (गोकुल) ले ७ हजार ३ सय ६८ मत ल्याएका छन् ।
त्यस्तै, नगर उप प्रमुख पदमा दोस्रो कार्यकालको लागि विजयी भएकी मोक्तानले १० हजार ८ सय ७९ मत ल्याउनु भएको हो । निकटतम् प्रतिद्वन्द्वी एमालेकी सरिता घिसिङले ७ हजार ७ सय ५ मत लाएकी हुन । भने १२ वटा वडा रहेको बागमतीमा वडा नम्बर ८ र ९ बाहेक बाँकी १० वटा वडा पनि माओवादी केन्द्रले जितेको छ । भने वडा नम्बर ८ मा एमाले र वडा नम्बर ९ मा नेपाली कांग्रेसले जितेको हो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech