गठबन्धनको भरमा निर्धक्क उम्मेदवार साह,

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-७-२६ गते   ७०३ पटक हेरिएको

नेकपा(माओवादी केन्द्र)का नेता नरेन्द्र साह तेस्रो पटक सर्लाही निर्वाचन ३ बाट प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार भई चुनावी प्रतिस्पर्धामा छन् । पहिलो संविधानसभा निर्वाचन २०७० यता उनि कहिले समानुपातिक प्रतक्ष्यतर्फबाट निरन्तर टिकट पाउँदै आएका छन् ।
२०७० सालमा तराई मधेश सद्भावना पार्टीको तर्फबाट सर्लाही ३ को समानुपातिक तर्फको सांसद भएका उनि २०७४ सालमा स्वतन्त्रबाट उम्मेदवार भएका थिए । त्यतिबेला माओवादी केन्द्रका रामेश्वर राय यादवले जित निकाल्दा साह निकट्मत प्रतिस्पर्धी रहेकाथिए ।
“समानुपातिक तर्फबाट सांसद  भइसकेका नेता साहले सर्लाही ३ को समृद्धि र विकास लागी फेरी पनि अवसर पाएका छन् । सबै प्र्रकारका सामाजिक काममा निरन्तर लाग्ने नेता साह  सर्लाही ३ को मात्र नभई सिंङ्गो मधेश प्रदेशका आशाका केन्द्र हुन  । उनलाई कुनै पनि हालतमा जिताउनुपर्छ ।” पाँच दलिय गठबन्धनका एक नेताले बताए ।
त्यसो त, २०६४ सालमा सारा माहोल नै माओवादी केन्द्रको पक्षमा थियो भने २०७४ मा मुलुकका दुई ठूला कम्युनिस्ट पार्टी गठबन्धन गरेर चुनावी मैदानमा आएका थिए । त्यो दुवै निर्वाचनमा प्रतिस्पर्धीको ‘मनी,मसल र फन्डा’का कारण आफू त्यतिबेला पराजित भएको बताउँदै यो पटक भने नेता साहले बाजी मार्ने एक नेताले बताए ।
“शान्त स्वभावभएका उनि सर्लाहीको माटोका परिचित मानिस हुन । तमसपामा रहँदा देखि नै  समाजिक काममा लागेका नेता साह सर्लाहीको भुगोलका परचित मानिस हुन । व्यापार व्यावसाय गर्ने साहलाई आफुले कमाएको केही रकम सामाजिक काममा लगानी गर्न कुनै हिचकिटाहट हुँदैन् ।”माओवादी केन्द्र मधेश प्रदेश कमिटि सदस्य एवम बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले बताए ।
नयाँ–पुराना सबै विकास निर्माणका काम अगाडि बढाउन पनि आफ्नो उम्मेदवारी परेको साहले बताए । सर्लही ३ मा माओवादी केन्द्र आफैँ बलियो देखिएको र त्यसमा पनि गठबन्धन गरेपछि चुनावी सहजता मात्र होइन,जित निश्चीत भन्ने नेता साहलाई लागेको एक नेताले बताए ।
सर्लाही ३ का ५१ वटा वडाहरुमा १ लाख २७ हजार ८ सय ३४ मतदाता रहेका छन् । बरहथवा नगरपालिका १८ मध्य ११,बागमती नगरपालिकाको १२,हरिपुर नगरपालिकाको १,हरिवन नगरपलिकाको ११,कविलासी नगरपालिकाका ४ वटा,चक्रघट्टा गाउँपालिकाका ९ वटा र बसबरिया गाउँपालिकाका ३ वटा गरि कुल ५१ वटा वडाहरु रहेका छन् ।
‘सांसद हुँदा वा नहुँदा,कसैले प्रश्न उठाउन सक्ने कमजोरी गरिनँ,समाजिक काममा निरन्तर लागि रहेँ,नेता साहले बताए ।‘एक त, भ्रष्टाचार विरोधी आन्दोलन गर्ने जनताले कहिल्यै भ्रष्टाचारमा नमुछिएको व्यक्तिलाई नै मत दिन्छन् भन्ने विश्वास समेत लिएको छु ।’उनले भने । सर्लाही ३ मा एमाले जसपा दुई दलिय गठबन्धनबाट निवर्तमान सांसद हरि प्रसाद उप्रेतीको उम्मेदवारी छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech