सर्लाही र रौतहट जोड्ने पुल निर्माणको अन्तिम चरणमा,स्थानीय खुसी

2.9k Shares

सर्लाहीको बरहथवा नगरपालिका र रौतहटको गढीमाई नगरपालिका जोड्ने बागमती खोलाको पक्की पुल निर्माणको अन्तिम चरणमा पुगेको छ । बरहथवा नगरपालिका र  गढीमाई नगरपालिका जोड्ने बागमती खोलाको पक्की पुल निर्माणको अन्तीम चरणमा पुगेपछि सोक्षेत्रका स्थानीयवासीमा खुसी छाएको छ ।
वर्षौ देखि डुंगा चढेर ज्यान जोखिममा राखेर खोला वारपार गर्नुपर्ने बाध्यतामा रहेका सोक्षेत्रका नागरिकहरु अहिले पक्की पुल निर्माणका अन्तीम चरणमा पुगेपछि खुसी भएका छन् ।  संघिय सरकारको रु २९ करोडको लागतमा करिब आठ सय मिटर लामो पक्की पुल निर्माण अन्तीमचरणमा पुगेपछि दुवै जिल्लाका स्थानीयले बताएका छन् ।
बरहथवा नगरपालिका १५ पिप्राभित्ता र गढिमाई नगरपालिका १ समनपुर जोड्ने गरी निर्माण शुरु भएकोे पक्की पुलबाट अहिले त्यस क्षेत्र आसपासका किसान तथा अन्य सामाग्रीको ओसारपसार गर्ने मानिसहरु सवारी साधन लिएर बिना जोखिम ओहोरदोहोर गर्न पाउन भएपछि खुसी भएका छन् ।
ठूलो क्षेत्रफलमा फिँजिएर खोला बगेको स्थानमा पक्की पुल निर्माण शुरु भएपछि दुवै जिल्लाका किसानहरुलाई खोला वारीपारी रहेको खेतबारीमा काम गर्नका लागि जानआउन तथा अन्य प्रयोजनाका लागि खोला तर्न सहज भएको बरहथवा नगरपालिका–२ का महेश बरालले बताउनु भयो ।
पुल नबन्दा बर्षायाममा बाढी आउदा १५ मिनेटको बाटो ३ घण्टा लागाएर पार गर्नु पर्ने बाध्यता थियो । अन्य समयमा खोला वारपार गर्नलाइ त्यहाँ डुंगा सञ्चालन गर्ने माझिहरुले एकजना मान्छेको रु ५० र मोटरसाइकलको रु १ सयसम्म लिनेगरेका स्थानीय बताएका छन् । अहिले पुल बनेपछि समयको बचत हुनुका साथै पैसाको पनि बचत भएको स्थानीयले बताएका छन् । भने ज्यान जोखिमा राखेर नदी वारपार गर्नु पर्नेबाध्यता पनि हटेको छ । अति आवश्यक स्थानमा पुल बनेपछि आफुहरुलाई आवागमनमा अत्यन्त सजिलो भएको जिल्लाको बसबरिया गाउँपालिका ३ का सुनिल यादवले बताएका छन् । ‘पुल नहुँदा यस ठाउँमा आवातजावत गर्न असुरक्षित हुनुका साथै पटक पटक लुटपाट र अप्रिय घटना समेत भएको उहाँले बताउनु भयो ।
अहिले पुल निर्माणको अन्तीम चरणमा पुगेसंगै मानिसको आवागमन पनि शुरु भईसकेको छ । भने मानिसहरु ढुक्कसंग हिडडुल गर्न पाएका छन । पुलको दुवै तर्फ माटो भरेर मिलाउने काम भई रहेको छ ।

सम्बन्धित समाचार