Close This

विकासको फड्को मार्दै तीनपाटन गाउँपालिका

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-५-९ गते   ३८१ पटक हेरिएको

बागमती प्रदेशको सुुदुर पर्वमा अवस्थीत सिन्धुली एक पाहाडी जिल्ला हो । प्राकृतिक एवम मनमोहक यस जिल्ला भित्र भित्रि मधेशको समथर भु–भागदेखि पाहाडी भु–भाग सम्म अवलोकन गर्न सकिन्छ । तराईको चुरे क्षेत्रदेखि पाहाडको माहा भारत सम्म फैलिएको यस जिल्ला झण्डै नेपालको नक्सा जस्तै पुर्व पश्चीम फैलिएको छ । सिन्धुली जिल्लाका ५२ वटा गाविसहरु मध्ये ८ वटा गाविस मिलेर तीनपाटन गाउँपालिका बनेको छ । 


भिमस्थान,बेलघारी,जरायोटार,बालाजोर,तस्रोमखोला,बाहुनतील्पुङ्ग,लाम्पन्टार र आम्बोटे मिलेर तीनपाटन गाउँपालिका बनाइएको छ । यस गाउँपालिकामा समायोजना भएका ८ वटा गाविसहरु मध्ये  भिमस्थान,जरायोटार र लाम्पन्टार गरि ३ वटा गाविसलाई विभाजन गरि ११ वटा वडा बनाइएको छ । यस गाउँपालिकामा ६ हजार ८ सय ७९ घरधुरी रहेको छ भने जनसंख्या ३६ हजार ४ सय ५ रहेका छन ।
किम्वदन्ती अनुसार साविकको भिमस्थान गाविसको वडा नम्बर ९ मा पाटन देवीको मन्दीर स्थापना गरिएको हुँदा यस स्थानलाई तीनपाटन नामाकरण गरिएको स्थानिय जानकारहरुको भनाई छ । अर्काे किम्बदन्ती अनुसार पाटनका राणा प्राधानमन्त्रीले आफन्तीकी छोरीलाई दाईजो दिने क्रममा पाटन जतिकै क्षेत्रफल भएको  तीनवटा बराबरको छ  भनेका कारण पनि यस स्थानको नाम तीनपाटन हुन गएको भनाई छ ।


यसै प्रसिद्ध नामबाट यस गाउँपालिकाको तीनपाटन नामाकरण गरिएको हो । विकासमा लगनसील,सक्रिय युवा कर्ण बहादुर थापा यसै गाउँपालिकाका अध्यक्ष हुन । तीनपाटन गाउँपालिका देशभरका ४ सय ६० वटा गाउँपालिका मध्य क्षेत्रफलको आधारमा दोस्रो ठुलो गाउँपालिका हो । यस गाउँपालिकाको क्षेत्रफल २८०.५७ वर्ग किलो मिटर रहेको छ । पश्चीममा कमलामाई नगरपालिका,उत्तरमा गोलन्जोर र फिकल गाउँपालिका,पुर्वमा उदयपुर र दक्षिणमा दुधौली नगरपालिकाले घेरिएको यस गाउँपालिका आफैँमा सुन्दर र रमणिय पनि छ । एक प्रतिनिधि निर्वाचन क्षेत्र र २ प्रदेश निर्वाचन क्षेत्र भित्र रहेको यस गाउँपालिका मिश्रित जनप्रतिनिधिहरुको स्थानिय सरकार हो ।
गाउँपालिकाको अधिकांश क्षेत्रफल कृर्षि उत्पादनमुलक क्षेत्र हो । जनजातीको बाहुल्यता रहेको यस गाउँपालिकामा सबै भन्दा धेरै मगर जातीको बसोबास रहेको छ । प्रतिशतका आधारमा मगर जाती ३३ प्रतिशत रहेका छन भने दोस्रोमा तामाङ्ग १४ प्रतिशत रहेका छन । मगर, तामाङ्ग,ब्रह्मण÷क्षेत्री,नेवार,हायु लगायत दलीत समुदायको बसोबास भएको एक गाउँपालिका तीनपाटन गाउँपालिका हो ।
रोजगारीको पहुच कम भएको यो गाउँपालिकामा करिब ७० प्रतिशत मानिसहरु कृर्षि पेशामा रहेर जीविकोपार्जन गरि रहेका छन ।  भौगोलिकताको विकटताका कारण पनि यस क्षेत्रका मानिसहरु कृर्षि तथा पशु चौपाय पालन पेशामा तल्लीन रहेका छन । कृर्षि पेशालाई निर्वाह मुखीरुपमा परम्परागत रुपमै यस क्षेत्रमा मानिसहरुले प्रयोग गरि रहेका भएपनि जनप्रतिनिधिहरु निर्वाचीत भएर आएपछि परम्परागत कृर्षि शैलीलाई परिवर्तन गरि आधुनिक रुपमा अगाडी बढाउने काम सुरु भएको गाउपालिका अध्यक्ष थापाले जानकारी गराउनु भयो । लामो समय सम्म निर्वाचीत जनप्रतिनिधिहरु नआउँदा यस क्षेत्रमा विकास निर्माणका कामले तिब्रता पाउन सकेका थिएनन् । पछिल्लो समयमा जनप्रतिनिधिहरु निर्वाचीत भएर आएपछि कृर्षिमा आधुनिकिकरण तथा कृर्षि जन्य वस्तुको बजारीकरणमा लागेको छ भने विकास निर्माण लगायतका कामले तिब्रता पाएका छन ।
गाउँपालिकाको विकासमा  जनप्रतिनिधिहरुले स्थानिय राजनैतिक दलहरुसंगको सहकार्यलाई तिब्रता दिदैँ गाउ पालिकाको विकासमा निरन्तर लागि परेको छ । सबै तह र तप्काको साथमा विभिन्न कार्यक्रमहरु गाउँपालिकाले सञ्चालन गरि रहेको छ । भने अनुदान दिने तथा समन्वयत्मक भुमिका निर्वाह गरि रहेको छ । 
सिन्धुली जिल्लाकै कृर्षि एवम पर्यटकिय क्षेत्रमा अगाडी रहेको गाउँपालिका आन्तरीक तथा बाह्य पर्यटकहरु भित्र्याउन तथा गाउँपालिकाका पर्यटकिय क्षेत्रको राष्ट्रिय एवम अन्तराष्ट्रिय स्तरमा प्रचार÷प्रसार गर्दै पर्यटक भित्र्याउन भन्दै गाउँपालिकाका हरेक वडाहरुमा सडक सञ्जालको कामलाई तिब्रताकासाथ गरि रहेको छ ।
स्थानिय स्तरमा उत्पादीत कृर्षि जन्य वस्तुको बजारीकरण तथा व्यावस्थापन,जल,जंगल,पर्यटन र जडिबुटीको पहिचान एवम व्यावस्थापनका साथै स्थानिस्तरमा रहेका विभिन्न समुदायका संस्कृतिक परम्पराहरुलाई जर्गेना गर्दै प्रचार÷प्रसारमा गाउँपालिका लागि परेको छ । 
त्यसैले पनि गाउँपालिकाले गाउँपालिका बासीहरुलाई विकासको महसुस गराउन ‘कृर्षि पर्यटन,पुर्वाधार र रोजगार, सुन्दर तीनपाटन गाउँपालिका समृद्धिको आधार’भन्ने मुलनारा नै राखेर गाउँपालिकाले काम गरि रहेको छ ।
गाउँपालिका भित्र बसोबास रहेका सबै नागरीकहरुको जातीय सहिष्णुता एकता र मेलमिलापले गाउँपालिकाको विकास निर्माणमा टेवा पुगेको छ । गाउँपालिकामा सञ्चालन गरिएका कृर्षि एवम स्वारोजगार मुलक कार्यले गाउँपालिकालाई समृद्ध गाउँपालिका बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । ५ वर्ष भित्रमा स्थानियको जीवन स्तर माथी उठाउन गाउँपालिकाले कृर्षि क्षेत्रमा गरिएको लगानीलाई थप व्यावस्थीत पार्दै लगेको छ ।त्यसैले गाउँपालिकाले उत्पादनको आधारमा पटेक क्षेत्रको घोषणा गरेर काम सुरु गरेको र गाउँपालिकाले ल्याएका योजनामा गाउँपालिका बासीको साथ र सहयोग रहेको गाउँपालिकाकी उपा अध्यक्ष  पदम माया तामाङ्गले बताउनु भयो । स्थानिय सरकार आफैँमा अधिकार सम्पन्न सरकार रहेका कारण पनि गाउँपालिकाको विकास निर्माण,गाउँपालिकाको समृद्धिमा जनस्तरबाट पनि साथ पाई रहेको उपा अध्यक्ष तामाङ्गको भनाई छ ।
किसानहरुको जीवनस्तर उकास्न गाउँपालिकाले किसानहरुका लागि कृर्षि जन्य औजार एवम उपकरणहरु पनि सहज रुपमा अनुदान स्वारुप उपलब्ध गराई रहेको छ भने ‘एक गाउँ एक पशु प्राविधिक’ कृर्षि एवम पशु पाठशाला,नस्ल सुधारका लागि प्रकृति गर्भधान कार्यक्रम, ,विउ विजनमा अनुदान,साना सिचाई निर्माण,प्लाष्टिक पोखरी वितरण,फलफुलका विरुवा वितरण लगायतका कार्य गाउँपालिकाले गरिरहेको छ । भने प्रधानमन्त्री कृर्षि आधुनिकिरण पकेट क्षेत्र कार्यक्रम पनि यस गाउँपालिकामा चली रहेको छ । गाउँपालिकाले फलफुल एवम कृर्षि उपजमा आत्मानिर्भर बनाउन किवी,स्याउ,जुनार,आँप लगायतका फलफुलहरुमा ५० प्रतिशत अनुदानमा वितरण गरि रहेको गाउँपालिकाले जनाएको छ । 
आर्थिक वर्ष २०७६÷०७७ मा कृर्षि तथा पशु चौपायका क्षेत्रमा उल्लेख्य काम गरेको छ । भने गाउँपालिकाको क्षेत्रफलमा रहेको माटोको पहिचान गरि माटो सुहाउँदो कृर्षि जन्य वस्तु उत्पादनमा जोड दिएको छ ।
स्वास्थ्य,शिक्षा,विद्युत,विकास निर्माण लगायतका नागरीकका नैसर्गीक अधिकारहरुलाई मुल आधार मानेर गाउँपालिका निरन्तर लागि परेको छ । विकासमा जन्ताको नैसर्गीक अधिकार स्थापित गराउन लागी परेको यस गाउँपालिकामा आफ्नो आन्तरीक आय स्रोत छैन । तथापी पनि गाउँपालिका प्रदेश तथा केन्द्र सरकारको अनुदानलाई पनि पुर्ण रुपमा विकासमा लगाउन तल्लीन रहेको छ ।

नेपालमै कृर्षि जन्य वस्तुको निकासीमा कर नलिने यस गाउँपालिका साना उद्योगहरु स्थापना गरि गाउँपालिका बासीलाई आर्यआर्जनमा  जोड्न व्यास्त रहेको छ । लामो समय पछि भएको निर्वाचनबाट आएका जनप्रतिनिधिहरुले गरेको तीनपाटनको उद्धाहरणिय कार्यबाट देशभरका अरु स्थानिय निकायका जनप्रतिनिधिहरुले केही सिक्ने हो भने देशको विकास र समृद्धि हुनुको साथै जन्ताको गरीबि अबका केही वर्षमै सकिनेमा दुईमत नहोला ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech