Close This

साना सवारीसाधनहरुकाे साधारण सभा सम्पन्न

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-९-११ गते   १२५७ पटक हेरिएको

रौतहट सर्लाही यातायात प्रा.लि.ले आफ्नाे तेस्रो वार्षिक साधारण सभा तथा जनकपुर यातायात जीप टेम्पो व्यवसायी संघको २३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सर्लाहीको लालबन्दीमा व्यवसायी संघका अध्यक्ष राजेश कुमार मैनाली( राजकुमार)को अध्यक्षता तथा लालबन्दी नगरपालिका ९ का वडाध्यक्ष गोपाल प्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हाे । 
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर,सर्लाहीका प्रहरी प्रमुख प्रहरी  निरीक्षक  केदारमान दोङको आतिथ्यतामा सम्पन्न साधारण सभामा  यातायात संघका अन्य पदाधिकारी, संघमा आवद्ध यातायत व्यवसायी लगायतको उपस्थिति रहेको आयाेजकले जनाएको छ ।
सहभागी यातायात व्यवसायीहरुले साधारण सभाको हलमा आफ्ना समस्या, गुनासा र सुझाव सल्लाह  राखेका अध्यक्ष मैनालीले जानकारी दिनुभयाे ।  रौतहट सर्लाही यातायात प्रा.लि. तथा जनकपुर यातायात जीप टेम्पो व्यवसायी संघमा माइक्रो, म्याजिक, उइङ्गर, सुमो लगायत गरी १ सय ५६ जना यातायात व्यवसायीहरु आवद्ध रहेका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech