सर्लाहीका ३४ वटा प्रहरी युनिट मर्ज,१ दर्जन प्रहरी कार्यालयमा तोडफोड तथा आगजनी

444 Shares

सर्लाहीका ३४ वटा प्रहरी युनिटहरु माथिल्लो निकायमा मर्ज भएका छन् ।देशभर भएको पछिल्लो राजनीतिक घटनाक्रम र त्यसबाट सृजना भएको असहज परिस्थितिका कारण जिल्लाका विभिन्न स्थानमा रहेका ३४ वटा प्रहरी युनिटहरु माथिल्लो कार्यालयमा मर्ज भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक सरोज राईले जानकारी दिए।उनका अनुसार इलाका प्रहरी कार्यालय कौडेना,प्रहरी चौकी बहादुरपुर,प्रहरी चौकी भाडसर, प्रहरी चौकी खुटौना र अस्थायी प्रहरी पोष्ट पेट्रोलपम्प जिल्ला प्रहरी कार्यालयमा मर्ज भएका छन्।
त्यसैगरी ईलाका प्रहरी कार्यालय बलरामा प्रहरी चौकी अर्नाहा,छन्कीटोला र मधुवनीगाउ,ईलाका प्रहरी कार्यालय गडहियामा प्रहरी चौकी सिसौट,खैर्वा र अस्थायी प्रहरी पोष्ट बहुअर्वा,ईलाका प्रहरी कार्यालय फेन्हारामा प्रहरी चौकी बाराउधोरण,मधुवनीगोठ र गोडैता,ईलाका प्रहरी कार्यालय चक्रघट्टामा प्रहरी चौकी सुन्दरपुर र औरही, प्रहरी चौकी  मोहनपुरमा प्रहरी चौकी नाढीमन,ईलाका प्रहरी कार्यालय बरहथवामा इलाका प्रहरी कार्यालय मुर्तिया,मानपुर,हजारिया,प्रहरी चौकी राजघाट र अस्थायी प्रहरी पोष्ट सोल्टी,ईलाका प्रहरी कार्यालय हिरापुरमा ईलाका प्रहरी कार्यालय हरकठवा,इ.प्र.का. हरिपुरमा प्रहरी चौकी कबिलासी,प्रहरी चौकी पर्सामा ईलाका प्रहरी कार्यालय संग्रामपुर,प्रहरी चौकी हरिपुर्वा र नारायणपुर,प्रहरी चौकीत्रिभुवननगमा ब्रम्हपुरी,ईलाका प्रहरी कार्यालय हरिवनमा अस्थायी प्रहरी पोष्ट घुर्कौली र जिरायत,ईलाका प्रहरी कार्यालय केशरगंजमा प्रहरी चौकी फुलजोर र अस्थायी प्रहरी पोष्ट कालिन्जोरका साथै ईलाका प्रहरी कार्यालय लालबन्दीमा प्रहरी चौकी  पत्थरकोट र अस्थायी प्रहरी पोष्ट परवानिपुर मजै भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
कार्यालयका अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीको भवन तोडफोड तथा आगजनी,ईलाका प्रहरी कार्यालय नवलपुरको प्रहरी बिटमा आगजनी, ईलाका प्रहरी कार्यालय लालबन्दीको मेन गेटमा तोडफोड,लालबन्दी नगरपालिका ७ स्थित बजामार रहेको प्रहरी बिट तोडफोड तथा आगजनी,ईलाका प्रहरी कार्यालयमा तोडफोड त्यसैगरी बरहथवामा बजारमा रहेका सात वटा सिसिक्यामेरा तोडफोड तथा आगजनी,दुई वटा प्रहरी विटमा तोडफोड तथा आगजनी,ईलाका प्रहरी कार्यालय परिसरमा पार्किङ् गरी राखेको ज १ ब ४३६ नम्बरको मोटरसाईकल टुटफुट,ईलाका प्रहरी कार्यालय हरिवनको मेन गेट क्षेती, हरिनव नगरपालिकाा ११ स्थित बजारमा रहेको प्रहरी बिट तोडफोड,ईश्वरपुर नगरपालिका ६ स्थित बजारमा रहेको प्रहरी बिटमा तोडफोड र ईलाका प्रहरी कार्यालय कर्मैयाको प्रहरी बिट तोडफोड भएको छ ।
 त्यसैगरी,मर्ज भएपछि पनि ईलाका प्रहरी कार्यालय मानपुर मेन गेट र झ्यालको सिसामा सामान्य क्षेती,प्रहरी चौकी गोडैताको मेन गेटमा तोडफोड,प्रहरी चौकी खैर्वाको कार्यालयमा सामान्य तोडफोड,प्रहरी चौकी नारायणपुर चौकीमा तोडफोड तथा आगजनी,ईलाका प्रहरी कार्यालय कौडेनामा तोडफोड र आगजनी, अस्थायी प्रहरी पोष्ट पेट्रोलपम्प तोडफोड र आगजनी,प्रहरी चौकी ब्रहम्पुरीमा तोडफोड र आगजनी,मधुवनीगाउमा तोडफोड,औरहीमा तोडफोड र आगजनी,सुन्दरपुरमा तोडफोड, मधुवन गोठमा आन्दोलनकारीहरुले तोडफोड गर्नुका साथै प्रहरी चौकी कविलासी परिसरमा राखिएको सात वटा मोटरसाईल,चार वटा साईकल लगायत भाँडा वर्तनका साथै प्रहरीको लत्ता कपडाका साथै सबै प्रकारमा सर सामाग्रीहरु पुर्णरुपमा क्षेतीग्रस्त भएका र चार वटा सिसिक्यामेरा चोरी भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
यता,ईलाका प्रहरी कार्यालय लालबन्दीले प्रयोग गरी रहेको एउटा सरकारी मोटरसाईकल जलेर पुर्ण रुपमा क्षेती भएको भएपनि सो कुरा जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छैन् ।

सम्बन्धित समाचार