Close This

अन्नपूर्णले अझै गरेन उखु किसानहरुको करिब २४ करोड भुक्तानी

रासस    प्रकाशित: २०७७-५-२२ गते   २९५ पटक हेरिएको

जिल्लाको धनकौलमा रहेको अन्नपूर्ण चिनी मिलले उखु किसानको भुक्तानी अझैँ नगरेको उखु उत्पादक किसानहरुको गुनासो छ ।पटक–पटक सङ्घर्ष गर्दा पनि सो उद्योगले उखु उत्पादक किसानहरुको  भुक्तानी अझै नगरेको किसानहरुको गुनासो छ ।
उद्योगमा उखु बेचेका किसानको तीन÷चार वर्षदेखिको भुक्तानी उक्त उद्योगले नगरेको हो । पछिल्लो पटक गत पुसमा सो क्षेत्रका किसानहरुले काठमाडौं पुगेर आन्दोलन गरेपछि सरकारले उद्योगबाट क्रमैसँग भुक्तानी दिलाउने आश्वासन दिएको थियो । त्यसपछि किसानहरु घर फर्किएका थिए ।तर आजसम्म पनि किसानहरुको भुक्तानी उद्योगले गरेकोछैन ।
धनकौल चिनी मिलबाट अब भुक्तानीको आशा गर्न छाडेको धनकौल गाउँपालिकाको महिनाथपुरका किसान रामप्रताप महतोले बताउनुभयो । आफूहरु काठमाडौं गएर धर्नामा बस्दा किसानको भुक्तानी दिलाउन केही चासो देखाए जस्तो गरेको सरकारले त्यसपछि वास्ता नगरेको महतोको गुनासो छ । विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाईरसकाविरुद्ध सरकारले जारी गरेको निषेधाज्ञाका कारण अन्य काम पनिरोकिएका छन । उखुको भुक्तानी आउला र घर व्यावहार चलाउन भन्ने आश गरेकोसो क्षेत्रका किसानहरु अहिले निराश भएका छन । विगतका वर्षहरुको भुक्तानी दिन नसकेर अन्नपूर्ण चिनी मिल गत सिजन सञ्चालन नै भएन ।
जति प्रयास गर्दा पनि भुक्तानी नदिएर अन्नपूर्ण चिनी उद्योगले किसानलाई निराश बनाएको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले बताउनु भयो ।अध्यक्ष मैनालीका अनुसार उद्योगले तीन÷चार वर्षदेखिको करिब २४ करोड रकम उखु उत्पादक किसानहरुको भुक्तानी गर्न बाँकी रहेको छ ।  

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech