सर्लाहीको लालबन्दी नगरपालिका १७ मा दुुई रातदेखि निरन्तर जंगली हात्तीको समूहले उपद्रो मच्चाइरहेको छ।महोत्तरीको गौशालातर्फबाट बाँके खोला पार गरेर सर्लाही प्रवेश गरेका पाँचवटा जंगली हात्तीहरुको समुहले घर भत्काउने,घरभित्र राखिएको अन्नपात खाइदिने र बालीनाली नष्ट गर्ने गरिरहेको हुन ।
हात्तीले लालबन्दी नगरपालिका १७ रानिगन्जका स्थानीय शिवहरि गौतमले लगाएको केरा खेतीमा व्यापक क्षति पुुर्याएको छ।हात्तीको समूहले करिब दुई सय भन्दा बढी केराको बोट नष्ट पारेको गौतमले बताए।यसै वर्षदेखि व्यावसायिकरुपमा केरा खेती गरेका युवा कृषक गौतमलाई हात्तीको समूहले ठूलो क्षति पुुर्याएको छ ।हात्तीले केरा खेती आसपासमा अन्य किसानहरुले लगाएको उन्नत जातको मकै बालीमा समेत क्षति पुुर्याएको लालबन्दी नगरपालिका १७ का वडा अध्यक्ष विष्णुहरी अधिकारीले जानकारी दिए ।जंगली हात्तीको बथान नै आएपछि लालबन्दी नगरपालिका १७ रानिगन्ज क्षेत्रका स्थानीय त्रसित बनेका छन्।यही हात्तीको समूहले ईश्वरपुर नगरपालिका १३ ढापटोलकी विपन्न धनमाया तामाङको घर भत्काइ दिएको थियो ।