आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सिन्धुलीका दुई वटा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्रमा ३५ वर्षदेखि ७६ वर्ष सम्मको उमेर समुहका उम्मेदवारहरु मैदानमा उत्रिएका छन्।सिन्धुलीका दुई वटा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ११ वटा राजनैतिक दलका ३५ देखि ८८ वर्ष उमेर समुहका २२ जना उम्मेदवार मैदानमा उत्रिएका हुन ।
छ जना स्वतन्त्र उम्मेदवार सहित २८ जना चुनावी मैदानमा होमिँदा ३५ वर्षीय युवादेखि ७६ वर्षीय वृद्धसम्म रहेका छन्।भदौ २३ र २४ गतेको जेनजी पुस्ताको आन्दोलनपछि युवा पुस्तालाई प्राथमिकता दिने बताएका राजनैतिक दलका नेताहरुले व्यवहारत भने युवालाई स्थान नदिएका पाइएको छ ।
यद्यपी चुनावमा उठाईएका उम्मेदवारहरुको उमेर हेर्ने हो भने दलहरुले युवा पुस्तालाई वेवास्ता गरेको युवाहरुको आरोप छ।नेपाल सरकार मन्त्रिपरिषद् बैठकबाट पछिल्लो समय स्वीकृत राष्ट्रिय युवा नीति–२०८२ मा १८ देखि ३५ वर्ष उमेर समुहलाई युवा भनिएपनि सबै दलहरुले उठाएका उम्मेदवारहरुको उमेर हेर्दा युवा पुस्तालाई वेवास्ता गरेको देखिन्छ ।
विभिन्न ११ वटा राजनीतिक दलहरुबाट २२ जना र स्वतन्त्रबाट छ जनाले उम्मेदवारी दिँदा ३५ वर्षसम्मका युवा उम्मेदवारहरुको संख्या सुन्य रहेको मुख्य निर्वाचन अधिकृत एवम निर्वाचन अधिकृतको कार्यालयहरुले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।
त्यस्तै ३६ वर्षदेखि ५० वर्ष उमेरका क्षेत्र नम्बर १ मा सात जना र क्षेत्र नम्बर २ मा १० जना विभिन्न दलहरु र स्वतन्त्रबाट उम्मेदवार रहेका छन्।उमेर समुहका हिसाबले ५० वर्ष माथिका क्षेत्र नम्बर १ मा पाँच जना र क्षेत्र नम्बर २ मा छ जनाको उम्मेदवारी परेको छ। जुन विभिन्न दलहरुका साथै स्वतन्त्र तर्फबाटका हुन।यस निर्वाचनमा सबैभन्दा कान्छा उम्मेदवार क्षेत्र नं.१ मा नेकपा(माओवादी)का सुसिल हमाल ३६ वर्षका र क्षेत्र नम्बर २ मा स्वतन्त्रबाट सरोज वि.क ३७ वर्षका उम्मेदवार बनेका हुन।भने क्षेत्र नम्बर १ मा ६३ वर्षिय नेकपा(एमाले)का उम्मेदवार प्रदिप कटुवाल र क्षेत्र नम्बर २ मा ७६ वर्षिय राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का उम्मेदवार मुकुन्द प्रसाद गजुरेल सबैभन्दा जेठा उम्मेदवार रहेका छन् ।क्षेत्र नं. १ मा विभिन्न दलहरु र स्वतन्त्र गरी १२ जना र क्षेत्र नम्बर २ मा १६ जनाको उम्मेदवारी रहेको छ ।