Close This

पिप्ले युबा क्लबसंग आयाेजक बागमती युवा क्लब ४-२ ले पराजित

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१२-१० गते   १४७४ पटक हेरिएको

सर्लाहीको बागमतीमा जारी छैठौँ राजर्षि जनक कप फुटबल प्रतियोगिता अन्तर्गत आज (बिहिबार) काे पहिलाे सेमिफाईनल खेलमा आयाेजक बागमती युवा क्लब र पिप्ले युवा क्लब कुनैले पनि गाेल नगरेपछि खेललाई ट्राईबेकरमा लगिएको थियाे । 
 निकै प्रतिस्पर्धात्मक खेलकाे निर्धारित समयमा कुनै गाेल नभए पछि खेललाई ट्राईबेकरमा लगिएको थियाे । ट्राईबेकरमा पिप्ले युवा क्लबले बागमती युवा क्लबलाई ४- २ गाेल अन्तरले  पराजित गर्दै पिप्ले युवा क्लबले फाइनल यात्रा तय गरेको हाे । 
बागमती नगरपालिका १२ स्थित स्व.सन्ताेष श्रेष्ठ स्मृति खेल मैदानमा बिहिवार  दिउँसो साँढे ३ बजेबाट भएको खेलमा ले बागमती युवा क्लबलाई ४- २ गाेलअन्तरले पराजित गरे पछि पिप्ले युवा क्लबकाे फाइनल यात्रा तय भएको  आयोजक बागमती युवा क्लबका अध्यक्ष किस्मतराज मैनालीले  जानकारी दिनुभयाे । उहाँका अनुसार शुक्रबार दाेस्राे सेमि फाईनलमा  शुदुरपश्चिम -११ स्पाेर्ट क्लब र मछिन्द्र फुटबल क्लबविच खेल हुने छ ।   प्रतियोगितामा आयोजक बागमती युवा क्लब र एउटा विदेशी क्लब समेत गरि १२ वटा टिमले सहभागिता जनाएका छन् । प्रतियोगितामा नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब, मछिन्द्र फुटबल क्लब, हिमालयन शेर्पा क्लब, न्यूरोड टिम (एनआरटी) काठमाडाैं, नव जनजागृति युवा क्लब सीमरा, सुदूरपश्चिम–११ स्पाेर्ट क्लब धनगढी, केबीए ग्लोबल बीएफसी चितवन, ध्रुबतारा स्पोर्टिङ क्लब दमक र  विदेशी टिम एभिनिर फुटबल क्लब क्यामरुनले भाग लिएका छन् । 
 मधेश प्रदेश कै सर्वाधिक धनराशिकाे प्रतियोगिताको  बिजेताले रु १० लाख १ हजार र उपबिजेताले रु ५ लाख ५ सय पुरस्कार प्राप्त गर्ने आयाेजकले जनाएको छ ।
त्यस्तै प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीलाई नगद रु ५१ हजार, प्रतियोगिताकै उत्कृष्ट गोलकिपर, प्रशिक्षक, मिडफिल्डर र रक्षकलाई पनि नगद रु २५–२५ हजार, हरेक खेलको म्यान अफ दि म्याच हुने खेलाडीलाई नगद रु १० हजार र प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने बागमती नगरपालिका भित्रका एक खेलाडीलाई बागमती राईजिङ् अफ दि ईयर प्लेयर्स घोषणा गर्दै एक थान नयाँ मोटरसाईकल प्रदान गरिने आयोजकले जनाएको छ । चैत २ गतेबाट शुरु भएको  प्रतियाेगिताकाे फाईनल खेल चैत १३ गते सम्म सञ्चालन हुनेछ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech