प्रधानमन्त्री ओलीलाई विश्वासको मत पुगेन,प्रधानमन्त्री ओली पदमुक्त

3.6k Shares

नेकपा(एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त हुनु भएको छ । उहाँ संसदमा विश्वासको मत प्राप्त गर्न असफल  हुनु भएपछि पद मुक्त हुनु भएको हो ।
सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले राख्नु भएको विश्वासको मतको पक्षमा ९३ र विपक्षमा १ सय २४ मत परेको सभामुख अग्नि सापकोटाले घोषणा गर्नु भयो । १५ जना सांसद तटस्थ बसेका थिए भने मतदानमा कूल २ सय ३२ सांसद उपस्थित भएका संसद सचिवालयले जनाएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपाको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाले प्रस्तावको विपक्षमा मत दिएका थिए । जसपाकै महन्थ ठाकुर(राजेन्द्र महतो पक्ष तटस्थ बसेको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख ३० गते अपराह्न १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । 

सम्बन्धित समाचार