लालबन्दी नगरपालिका ५ मा कांग्रेसको तर्फबाट ढुंगेल सर्वसहमत उम्मेदवार

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१-३ गते   २२६६ पटक हेरिएको

लालबन्दी नगरपालिका ५ मा कांग्रेसको तर्फबाट ढुंगेल सर्वसहमत उम्मेदवार भएपछिकोसामुहिक तस्बीर

नेपाली कांग्रेस लालबन्दी नगरपालिका ५ को वडा अध्यक्षको  उम्मेदवार मीन प्रसाद ढुंगेल सर्वसम्मत चयन हुनु भएको छ । लालबन्दी नगरपालिका ५ मा नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्षमा ४ आकांक्षी रहेका भएपनि आज(शनिबार) भएको वडा समितिको बैठकले ढुंगेललाई सर्वसहमत वडा अध्यक्षकोउम्मेदवार घोषणा गरेको हो ।
कमल चौधरी,मीन प्रसाद ढुंगेल,प्रकाश थपलिया र सुदिप न्यौपाने वडा अध्यक्ष पदका उम्मेदवार आकांक्षी रहेका भएपनि ३ जनाले ढुंगेललाई समर्थ गरेपछि सर्व सम्मत लालबन्दी  नगरपालिका ५ को वडा अध्यक्षका उम्मेदवार ढुंगेल चयन हुनु भएको नेपाली कांग्रेसका नेता प्रमोद थपलियाले जानकारी दिनुभयो । उहाँका अनुसार शनिवार (आज) बसेको वडा समितिको बैठकले ढुंगेललाई सर्वसहमत उम्मेदवार सिफारिस गरेको हो ।
 सर्वसम्मत उम्मेदवार ढुंगेलले आफुलाई विश्वास गरेर दिएको जिम्मेवारी अनुसार सवैको साथ र सहयोगमा चुनावमा विजय हासिल गर्दै ,वडाको विकाशमा प्रतिबद्ध भएर लाग्ने र आउने चुनावहरूमा लालबन्दी नगरपालिका ५ लाई कांग्रेसको अपराजित किल्ला बनाएर छाड्ने कमलामाई खबरलाई बताउनु भयो ।
ढुंगेललाई समर्थ जनाउने अन्य आकांक्षीहरूले यस पटक कुनैपनि हालतमा नेपाली कांग्रेसको उम्मेदवारले लालबन्दी नगरपालिका ५ मा जीत हाँसिल गर्ने बताएका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech