नेपाली कांग्रेस सर्लाहीको विवाद फेरी सत्तहमा देखिएको छ।सर्लाहीको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महत्तोलाई पार्टी मुख्यालयले पाँच दिने स्पष्टीकरण सोधेपछि नेपाली कांग्रेस सर्लाहीको विवाद फेरी सत्तहमा आएको हो । पार्टीका आधिकारिक उम्मेदवारलाई चुनावमा हराउन भूमिका खेलेको आरोपमा उनलाई पाँच दिनभित्र लिखित जवाफ पेश गर्न नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले निर्देशन दिएपछि नेपाली कांग्रेसको विवाद सत्तहमा देखिएको हो।केही दिन पहिला ईश्वरपुर नगरपालिकाका नगर प्रमुख एवम नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधि मनोज कुमार आचार्यलाई पनि पाँच दिन भित्र स्पष्टीकरण पेश गर्न भनिएको थियो ।
यता,सो विषयमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम प्रतिनिधि सभा सदस्य निर्वाचन २०८३ फागुन २१ का उम्मेदवार शम्भुलाल श्रेष्ठलाई जिज्ञासा राख्दा“चुनाव जित्ने पार्टीको नामबाट तर आफु व्यक्तिवादी भएको दम्भका कारण केन्द्रीय अनुशासन समितिले कार्बाही प्रक्रिया अघि बढेको साथै निर्वाचनमा अन्तरघात गरेको भनिएपनि चार महिनापछि कार्बाही सुरु हुनुमा केन्द्रीय समितिले जान्ने छ।संगठन र मैले समयमै अनुशासन समितिलाई जानकारी गराएको हो।”उनले बताए ।
“नेपाली कांग्रेस अहिले गुटमुक्त भएको बताउँदै ईश्वरपुर नगरपालिकाका नगर प्रमुख एवम नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधि आचार्य र चन्द्रनगर गाउँपालिकाका अध्यक्ष एवम नेपाली कांग्रेसका नेता महत्तोको भुमिका केही देखिएन् ।”उनले बताए । यता,केन्द्रीय अनुशासन समितिका सचिव दिनेश थापामगरको हस्ताक्षरित पत्रमा“नेपाली कांग्रेसको विधान बमोजिमको अनुशासन उल्लंघनको कसुरमा तपाईंलाई सजाय किन नगर्ने?यदि उक्त कारबाही गर्न नपर्ने कुनै मनासिब आधार र कारण भएमा विधानको धारा ३४ को उपधारा ८ (घ) बमोजिम पाँच दिनभित्र लिखित स्पष्टीकरण पेश गर्नुहुन निर्णय अनुसार यो पत्राचार गरिएको छ।”भनिएको छ ।