Close This

प्रहरी माहानिरिक्षक ज्ञवालीद्धारा जिप्रका सर्लाहीको भवन उद्घाटन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-३-१० गते   ४८८ पटक हेरिएको

प्रहरी माहानिरिक्षक ज्ञवालीद्धारा जिप्रका सर्लाहीको भवन उद्घाटन गर्दै

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजीपी) ठाकुरप्रसाद ज्ञवाली वुधवार जिल्ला प्रहरी कार्यालय सर्लाहीको भवन उद्घाटन गर्नु भएको छ ।सदरमुकाम मलंगवामा जिल्ला प्रहरी कार्यालयको भर्खरै निर्माण पूरा भएको भवन आइजीपी ज्ञवालीले उद्घाटन गर्नु भएको हो ।


अहिलेको कोरोना भाईरसको महामारीका कारण सामान्य रुपमा हुन लागेको कार्यक्रममा प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंह, जिल्लाका सुरक्षा प्रमुख, सञ्चारकर्मी लगायत सिमित व्यक्तिहरुको उपस्थिति जिल्ला प्रहरी कार्यालय सर्लाहीको भवन उद्घाटन भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक विश्वमणी पोख्रेलले जानकारी दिनु भयो छ ।


भवन उद्घाटन भएपछि मालपोत कार्यालय नजिकै रहेको जिल्ला प्रहरी कार्यालय सर्लाही वुधवार बाट मलंगवाको कबर्ड हलस्थित नयाँ भवनमा सर्ने तयारीमा रहेको छ । अहिले कार्यालय रहेको भवनलाई प्रहरी पोष्टका रुपमा प्रयोग गरिने सर्लाही प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech