प्राविधिक शिक्षाको रकममा सरोकारवालाको गिद्धेनजर

2.4k Shares

सर्लाहीको इश्वरपुर नगरपालिका १४ मा श्रीनगरमा रहेको  विद्यालयका प्रधानाध्यापक कमिसन असुल्नमा व्यस्त रहेका छन् । इश्वरपुर नगरपालिका १४ स्थित श्रीनगरमा रहेको जनता माविका प्रधानाध्यापक विनोद साह कमिसन असुल्नमा व्यस्त रहेका हुन ।
प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम परिषद(सिटिइभिटी)बाट प्राविधिक शिक्षा कार्यक्रम सञ्चालनका लागि आएको रु २५ लाख रकमको कामबाट प्रधानाध्यापक कमिसन असुल्नमा व्यस्त रहेका पाइएको हो ।
विद्यालयमा प्राविधिक शिक्षा सञ्चालनका लागि विभिन्न मेसिनरी साधनहरु खरिद गर्न आएको रु २५ लाख रकमको कुनै ठेक्का वा कोटेशन समेत माग नगरि आफुखुसी चिनजानका मानिसलाई काम गर्न दिए पछि प्रधानाध्यापक कमिसन असुल्नमा व्यस्त रहेका पाइएको हो ।
विद्यालयका प्रधानाध्यापक साहले सम्बन्धीत वडाका वडा अध्यक्ष,नगर शिक्षा शाखा र शिक्षा विकास तथा समन्वय ईकाई सर्लाहीलाई जानकारी नै नदिई आफुखुसीले चिनजानका मानिसलाई काम गर्न दिएको रहस्य बाहिरिएपछि उनि कमिसन असुल्नमा लिप्त रहेका पाइएको छ ।
विद्यालयको लाईवेरी,राण्डटेवलमा समेत अनियमितता गर्न पल्कीएका प्रधानाध्यापक साहले प्रविधिक शिक्षाका लागि आएको रकममा पनि कमिसन असुल्ने प्रयास गरेका पाइएको विद्यालयका एक शिक्षकले बताए ।
विद्यालयमा केही समय पहिला पुर्व प्रधानाध्यापक माथी भएको हातपातका पीडिकलाई विद्यालयले रु ६५ हजार जरिवाना गरेको भएपनि सोरकम अहिले कहा छ कसैलाई थाहा छैन । भने प्राविधिक शिक्षाका लागि आएको रु २५ लाखको काममा पनि आन्तरीक तर्फ कोटेशन पुर्याएको बताउँदै उनले ठूलो रकम अनियमितता गर्ने प्रयास गरेका छन् ।
२०७८ फागुन मसान्त मै सकाउने गरि प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम परिषद(सिटिइभिटी)बाट प्राविधिक शिक्षा कार्यक्रम सञ्चालनका लागि आएको रु २५ लाख रकममा काम गर्ने सम्झौता भएको थियो । तर असार लाग्दा पनि काम भएको छैन ।
प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम परिषद(सिटिइभिटी)ले कुनै पनि गतिविधिहरु गर्दा आफुहरुलाई कुनै जानकारी नदिने गरेको इश्वरपुर नगर शिक्षा शाखा प्रमुख हरि दाहालले बताउनु भयो । उहाँका अनुसार  अहिले जनता माविमा कहाँबाट,कति र केका लागि बजेट आयोसो विषयमा कुनै जानकारी नै नभएको बताउनु भयो । खरिद पक्रिया अनुसार भए÷नभएको आफुले पनि जानकारी लिने शिक्षा शाखा प्रमुख दाहालले बताउनु भयो ।
शिक्षा विकास तथा समन्वय ईकाइ सर्लाहीका निमित्त प्रमुख सुनिल कुशबाहलाई सो विषयमा जानकारी गराएको भएपनि उहाँ पनि मौन वस्दा सरोकारवाला निकाय सबैको मिलेमतोमा सो गतिविधि भएको इश्वरपुर नगरपालिका १४ का वडा अध्यक्ष सित कुमार महतोले बताउनु भयो । जनता माविका प्रधानाध्यापक साह निवर्तमान वडा अध्यक्ष राम पुकार महतोको इसारामा चल्ने गरेका कारण विद्यालयका गतिविधिहरु आफुलाई जानकारी नगराएको वडा अध्यक्ष महतोले बताउनु भयो ।

सम्बन्धित समाचार